बिरामीको उद्वार गर्न सकृय छ प्रभु

समाधान संवाददाता
पोखरा एअरपोर्टलाई बेस बनाएर सेवा प्रवाह गर्दै आएको प्रभु हेलिकोप्टरका कारण गण्डकी प्रदेशका विरामीहरुले लकडाउनको बेलामा पनि राहातको महसुस गर्न पाएका छन् ।
लकडाउनका सार्वजनिक यातायात र हवाईसेवाहरु बन्द रहेको भएपनि मान्छेको ज्यान जोगाउने सवालमा भने प्रभु हेलिकोप्टर सकृय छ ।
पोखराको फिस्टेल हस्पिटलमा उपचार गराई रहेका हेम्जाका सुशिल रानामगरको अवस्था झनै गम्भिर बन्दै गयो । निमोनियाले ग्रस्त ३२ बर्षीय सुशिललाई थप उपचारका लागि काठमाण्डौं लैजानु पर्ने भयो ।
उनको उद्धार गर्न पनि प्रभु हेलिकोप्टर नै तयार भयो । उनलाई थप उपचारका लागि काठमाण्डौंको ग्राण्डी अस्पताल पुर्याईएको छ ।
प्रभु हेलीका सञ्चालक एवं पोखराका सिटी म्यानेजर सुजन जोशीका अनुसार लकडाउन पछि प्रभुले गण्डकी प्रदेशबाट १४ वटा रेस्क्यु उडान भरेको छ । ती मध्ये अधिकांश गम्भिर अवस्थाका विरामी हुन ।
‘हाम्रो पोखरा मै बेस भएका कारण पनि सहजै सेवा उपलब्ध गराउन सकेका छौं ।’ सञ्चालक जोशीले समाधानसंग भने–यस्तो कठिन परिस्थितिमा पनि सेवा गर्न पाउदा खुशी लागेको छ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया