बिरामीको उद्वार गर्न सकृय छ प्रभु

समाधान संवाददाता २०७७ जेठ १० गते १३:२५

समाधान संवाददाता

पोखरा एअरपोर्टलाई बेस बनाएर सेवा प्रवाह गर्दै आएको प्रभु हेलिकोप्टरका कारण गण्डकी प्रदेशका विरामीहरुले लकडाउनको बेलामा पनि राहातको महसुस गर्न पाएका छन् ।

लकडाउनका सार्वजनिक यातायात र हवाईसेवाहरु बन्द रहेको भएपनि मान्छेको ज्यान जोगाउने सवालमा भने प्रभु हेलिकोप्टर सकृय छ ।

Advertisement

पोखराको फिस्टेल हस्पिटलमा उपचार गराई रहेका हेम्जाका सुशिल रानामगरको अवस्था झनै गम्भिर बन्दै गयो । निमोनियाले ग्रस्त ३२ बर्षीय सुशिललाई थप उपचारका लागि काठमाण्डौं लैजानु पर्ने भयो ।

उनको उद्धार गर्न पनि प्रभु हेलिकोप्टर नै तयार भयो । उनलाई थप उपचारका लागि काठमाण्डौंको ग्राण्डी अस्पताल पुर्याईएको छ ।

Advertisement

प्रभु हेलीका सञ्चालक एवं पोखराका सिटी म्यानेजर सुजन जोशीका अनुसार लकडाउन पछि प्रभुले गण्डकी प्रदेशबाट १४ वटा रेस्क्यु उडान भरेको छ । ती मध्ये अधिकांश गम्भिर अवस्थाका विरामी हुन ।

‘हाम्रो पोखरा मै बेस भएका कारण पनि सहजै सेवा उपलब्ध गराउन सकेका छौं ।’ सञ्चालक जोशीले समाधानसंग भने–यस्तो कठिन परिस्थितिमा पनि सेवा गर्न पाउदा खुशी लागेको छ ।

तपाईको प्रतिक्रिया