एकैपटकमा ७२ संक्रमित थपिए, नेपालभर ६७५

समाधान संवाददाता २०७७ जेठ १२ गते ११:२९

समाधान संवाददाता

नेपालमा ७२ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । साेमबार बिहान प्राप्त रिपाेर्टअनुसार विभिन्न जिल्लामा संक्रमित भेटिएका हुन् । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभर ६ सय ७५ जना संक्रमित पुगेकाे पुष्टि गरेकाे छ । नयाँ संक्रमित हुनेमा बारा र रौतहटका धेरै छन् ।

रौतहटका २६ तथा बाराका २३ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको फरदहवा–२, ६ र ८ तथा इशनाथ–२ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै बाराको गडीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया–१ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

Advertisement

सोमबार संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा–३ र ६ तथा बुढानिलकण्ड–३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् ।

बर्दियाको बाँसगढी–९ का २५ वर्षे युवा, बाँकेको दुधवा–२ र राप्ती सोनारी–७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया