पेट दुखेर फिस्टेल हस्पिटल गएकी मिराको सुई लगाउना साथ मृत्यु (अपडेट)

समाधान संवाददाता
पेट दुखेर पोखरा गैह्रापाट स्थित फिस्टेल हस्पिटलमा गएकी एक महिलाको दुखाई कम गर्ने इन्जेक्सन लगाउना साथ मृत्यु भएको छ । मृतकका आफन्तले सुई लगाउना साथ कसरी मृत्यु भयो भन्दै कारण मागेका थिए।
मृतकका आफन्त, चिकित्सक र अस्पताल प्रशासनबीच वार्ता भएकाे थियाे । वार्तामा अस्पतालले आकस्मिक कक्षमा उपचारकाे प्रयास गरेकाे बताएकाे छ ।

फिस्टेल हस्पिटलमा रहेका मृतक परिवारका साथीले समाधानलाई बताएको घटना बिवरण जस्ताको तस्तै
पोखरा महानगरपालिका वडा नम्बर ४ सिदार्थचोककी ३९ बर्षीया मिरा पोखराका व्यवसायीका नेता प्रदिप मुल्मीकी श्रीमती हुन । प्रदिप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन ।
सधै जसो शुक्रबार विहान पनि प्रदिप र मिरा ‘मर्निङ वाक’ गए । फर्केर ब्याडमिण्टन खेले । मिराले खाना पकाईन । मिरा एक छोरा र एक छोरी आमा हुन । सपरिवार खाना खाए ।
खाना खाएपछि मिरालाई पेट दुख्न थाल्यो । धेरै नै पेट दुखेपछि प्रदिपले गाडी चलाएर मिरालाई फिस्टेल हस्पिटलमा लगे । दुखाई कम गर्न भन्दै इर्मजेन्सी वार्ड मै मिरालाई एउटा इन्जेक्शन दिइयो । इन्जेक्शन लगाएको केही मिनेट पछि मिराको मृत्यु भयो ।
मिराका श्रीमान प्रदिपले इन्जेक्शन लगाउना साथ किन मृत्यु भयो भन्दै अस्पतालसंग जवाफ मागेका थिए ।
चिकित्सकले अस्पतालले उपचारमा कमजाेरी नगरेकाे उपचार सही नै भएकाे भन्दै सम्झाएपछि आफन्तले शव बुझेका छन ।
तपाईको प्रतिक्रिया