५ वडाको मतगणना सकिँदा इलाम २ मा नेम्बाङलाई ७८० मतको अग्रता

समाधान संवाददाता २०८१ वैशाख १६ गते २०:०८

इलाम ।

इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका ५ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् । उक्त गापाका १, २, ३, ४ र ५ वडाको मतगणना सकिएको छ ।

कांग्रेसका डम्बर खड्काभन्दा ७८० मत बढीसहित सुहाङ १ नम्बरमा छन् । सुहाङले ३२ सय ४९ मत पाउँदा खड्काको २४ सय ६९ मत छ । आइतबार दिउँसोबाट साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाएका थिए ।

Advertisement

हिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७०३ मत पाएका छन् । त्यस्तै चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् । इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो । त्यहाँ मतगणना जारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया