गण्डकी अस्पतालमा उपचार गर्न आउन डराउन पर्दैन

समाधान संवाददाता २०७७ जेठ २२ गते १४:१४

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाएर कुनै गलत काम नगरेको बताएका छन् ।

नीति तथा कार्यक्रममा संसदमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै उनले अस्पतालको हाता एउटै भए पनि आइसोलेसन राखिएको भवन नै फरक रहेकाले सुरक्षित तरिकाले उपचार भइरहेको बताएको हुन् ।

Advertisement

प्रदेशका धेरैजसो जिल्लाबाट बिरामी आउने र कोरोनाका कारण त्यहाँ छिर्न डराउने अवस्था आएको भन्ने सांसदहरुको टिप्पणिमा उनले फरक गेटबाट प्रवेश गर्ने र त्यही अनुसारको व्यवस्था भएकाले भावनामा नवहकिन उनले आग्रह गरे ।

संघ सरकारको निर्णय अनुसार प्रदेश सरकारले समन्वय गरेर कोरोना डेडिकेटेड अस्पताल बनाइए पनि अन्य बिरामी उपचारका लागि आउन डराउन पर्ने अवस्था नरहेको उनले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया