कास्कीकाे रुपामा २ सहित गण्डकीमा थपिए १७ संक्रमित, ७५ पुगे

पाेखरा
कास्की जिल्लाकाे रुपा गाउँपालिकामा २ र पाेखरा महानगरपालिकामा १ गरी गण्डकी प्रदेशमा शनिबार बिहानसम्म थप १७ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ ।
स्याङ्जामा १०, बागलुङमा १, कास्की र नवलपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
याेसँगै गण्डकीमा संक्रमितकाे संख्या ७५ पुगेकाे छ ।
ग्रिनजाेनमा रहेकाे कास्कीबाट काठमाडाैं लगिएका १ पुरुषमा काेराेना संक्रमण पुष्टि भएसँगै पाेखरा र आसपासमा त्रास बढेकाे छ ।
निर्देशनालयका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका ८ पुरुष र हरिनास गाउँपालिकाका २ पुरुष गरी थप १० जनामा काेराेना पुष्टि भएकाे छ ।
पोखरा महानगर पालिकाका ५९ वर्षीय १ पुरुष र रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय २ पुरुष गरी कास्कीमा ३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए ।
गण्डकीका मनाङ र मुस्ताङवाहेक सबै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया