स्वाब पठाएको १ सातापछि आयो वालिङका ८ जनामा कोरोना भएको रिपोर्ट

अनुप पौडेल, पोखरा
स्वाब संकलन गरेर पठाएको १ सातापछि वालिङका ४२ जनाको रिपोर्ट आएको छ । वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका ४२ जनाको जेठ १८ गते स्वाब संकलन गरेर पठाइएकोमा १ सातापछि ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । अन्य ३४ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
सबै संक्रमितलाई भीरकोट नगरपालिका-१ हेलु स्थित कालिका सामुदायिक अस्पताल लैजाने तयारी भइरहेको नगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत एक स्वास्थ्यकर्मीले जानकारी दिए । आज भेटिएका संक्रमितसँगै बसिरहेका अरुको पनि स्वाब संकलन गरिने ती स्वास्थ्यकर्मीले बताए ।
कोरोना संक्रमित आठै जनालाई एम्बुलेन्समा नअट्ने भएपछि जीपमा हालेर अस्पताल लगिने भएको छ । स्याङ्जामा पहिलोपटक जेठ १३ गते वालिङ ७ का २९ र २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
उनीहरुलाई वालिङ नगरपालिकाले सुनौली नाकाबाट उद्धार गरेर जेठ १० गतेदेखि क्वारेन्टाइनमा राखेको थियो । ९ जनामध्ये ५ जना वालिङ र ४ जना चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।
९ जनाको समूहमा आएकामध्ये २ जनामा संक्रमण देखिएपछि दुवै पालिकाले एउटै बसमा आएकाको स्वाब पोखरा ल्यायो । वालिङबाट चापाकोटको क्वारेन्टाइनमा गएका ४ जनामा कोरोना पुष्टि भए पनि वालिङका संक्रमितको टोलीका ३ जनाको दोस्रो रिपोर्ट ६ दिनसम्म नआउँदा के गर्ने भन्ने अन्याले देखिएको थियो ।
शनिबार बिहानै ४२ मध्ये ८ जनाको रिपोर्ट आएपछि त्यहाँका स्वास्थ्यकर्मीलाई केही राहत मिलेको छ । नगरपालिकाले क्वारेन्टाइनमा बसेको १४ दिन पुगेका र पिसिआर परीक्षण नेगेटिभ आएकालाई आरडिटी परीक्षण गरेर घर पठाउने तयारी गरेको छ ।
जेठ १४ गते कोरोना पुष्टि भएका वालिङकी ३९ वर्षकी महिलासहित २ पुरुषको सम्पर्कमा आएका गरी स्वाब पठाइएका ४२ जनाको स्वाब पोखरा ल्याइएको थियो ।
पोखरामा उपचाररत वालिङकी ३९ वर्षीया कोरोना संक्रमित महिलाई आजै जिल्ला लैजाने तयारी भइरहेको छ । १५ जेठमा ती महिलालाई जिल्लामा छुट्टै आइसोलेसन नभएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । उनका अवस्था अहिले सामान्य छ ।
आज वालिङका ८ जनासँगै हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङजामा आज थपिएका १० जनासँगै गरेर संक्रमितको कुल संख्या २३ पुगेको छ ।
तीमध्ये वालिङका १३ जना, चापाकोट नगरपालिकाका ४ जना, गल्याङ र हरिनास गाउँपालिकाका २/२ जना, विरुवा गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका १/१ जना छन् । प्रदेशभर भने संक्रमितको सख्या ७५ पुगेको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया