भ्यूपोइन्ट युवा क्लबको रक्तदानमा ६५ यूनिट रगत संकलन

समाधान संवाददाता
लकडाउनका बेला हुनसक्ने रगत अभावलाई ध्यानमा राख्दै पोखरा भ्यू–पोइन्ट युवा क्लबले आयोजना गरेका रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको संयोजनमा आयोजित रक्तदानमा पोखरा–२२ भ्यू–पोइन्टबाट ६५ यूनिट रगत संकलन भएको क्लबका अध्यक्ष सुन्दर बरालले जानकारी दिए ।
वडाकै सिर्जनशील युवा क्लबसँग समन्वय गरेर आयोजित कार्यक्रमबाट संकटका बेलामा सहयोग गरिएको अध्यक्ष बरालले बताए । उनले भने, ‘अहिले महामारी छ । यस्तो बेलामा घर बाहिर निस्किएर अधिकांशमा डर हुन्छ । त्रासका बीच सुरक्षित भएर रक्तदान ग¥र्यौं ।’
वडाकै अर्को क्लबले ३८ युनिट रगत संकलन गरेको र त्यसमा थप २७ यूनिट गरेर ६५ यूनिट रगत संकलन भएको भ्यू–पोइन्ट क्लबका सचिव कुशल बरालले जानकारी दिए ।
संकलित रगत क्षेत्रीय रक्तसंचार केन्द्र रामघाटमा पठाइएको क्लबले जनाएको छ । लकडाउनका बेलामा पनि पोखराका विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।









संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया