भ्यूपोइन्ट युवा क्लबको रक्तदानमा ६५ यूनिट रगत संकलन

समाधान संवाददाता २०७७ जेठ २५ गते २२:४८

समाधान संवाददाता

लकडाउनका बेला हुनसक्ने रगत अभावलाई ध्यानमा राख्दै पोखरा भ्यू–पोइन्ट युवा क्लबले आयोजना गरेका रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको संयोजनमा आयोजित रक्तदानमा पोखरा–२२ भ्यू–पोइन्टबाट ६५ यूनिट रगत संकलन भएको क्लबका अध्यक्ष सुन्दर बरालले जानकारी दिए ।

Advertisement

वडाकै सिर्जनशील युवा क्लबसँग समन्वय गरेर आयोजित कार्यक्रमबाट संकटका बेलामा सहयोग गरिएको अध्यक्ष बरालले बताए । उनले भने, ‘अहिले महामारी छ । यस्तो बेलामा घर बाहिर निस्किएर अधिकांशमा डर हुन्छ । त्रासका बीच सुरक्षित भएर रक्तदान ग¥र्यौं ।’

वडाकै अर्को क्लबले ३८ युनिट रगत संकलन गरेको र त्यसमा थप २७ यूनिट गरेर ६५ यूनिट रगत संकलन भएको भ्यू–पोइन्ट क्लबका सचिव कुशल बरालले जानकारी दिए ।

Advertisement

संकलित रगत क्षेत्रीय रक्तसंचार केन्द्र रामघाटमा पठाइएको क्लबले जनाएको छ । लकडाउनका बेलामा पनि पोखराका विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया