वालिङका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पाेखरामा मृत्यु
समाधान संवाददाता
२०७७ जेठ २६ गते ७:१२

समाधान संवाददाता
स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरे।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सोमबार बिहान विज्ञप्ती निकालेर निर्देशनालयले कोरोना संक्रमित पुरुषको मृत्यु भएको जनाएको हो ।

सम्बन्धित
तपाईको प्रतिक्रिया