पोखराका ६० वर्षे संक्रमितको सम्पर्कका ३९ जनाको स्वाब नतिजा भोलि
समाधान संवाददाता
पोखराका पहिलो कोरोना संक्रमितको सम्पर्कमा आएका ३९ जनाको स्वाब परीक्षणको नतिजा मंगलबार बेलुका आउने भएको छ । ‘ती सबै स्वाब पालोमा छन् । भोलि बेलुकासम्ममा आउँछ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख सपना सुवेदीले भनिन् ।
संक्रमितको सम्पर्कमा आएका २९ पुरुष र १० महिलाको आइतबार स्वाब संकलन गरिएको थियो । ती संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । संक्रमित पुरुष कानुन व्यवसायी भएकाले उनको सम्पर्कमा आउने अधिकांश कानुन व्यवसायी छन् ।
कन्ट्याक ट्रेसिङका क्रममा औषधि व्यवसायीदेखि कपाल काट्नेसम्म संक्रमितको सम्पर्कमा आएको भेटिएको छ । संक्रमित पुरुष गत मंगलबार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका थिए । तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लागि पु¥याइएकोमा थप उपचार गर्न सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।
काठमाडौं पुगेपछि स्वाब संकलन गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो । कास्कीमा अहिलेसम्म ५ जनामा कोरोना पुष्टि भएको छ । ५ मध्ये ३ पोखरा महानगर र २ रुपा गाउँपालिकाका हुन् । काठमाडौंमा उपचाररत संक्रमितको कुनै ट्राभल हिस्ट्री छैन । बाँकी ४ संक्रमित भारतबाट नेपाल आएका हुन् ।
सम्बन्धित समाचार
कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !
पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल
संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तीसंगै थिए प्रदेशमन्त्री विकास लम्साल
तपाईको प्रतिक्रिया