प्रदेश प्रमुख शेरचनले अस्पतालमै भेटे सांसद बराललाई
समाधान संवाददाता
२०७७ जेठ २७ गते १६:१९
समाधान संवाददाता
पोखरा, २७ जेठ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत गण्डकी प्रदेशसभा सदस्य रामजी बराल जीवनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रदेश प्रमुख शेरचनले पेटको शल्यक्रिया गरी उपचाररत प्रदेशसभा सदस्य बराललाई मंगलबार भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै, स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रदेशसभा सदस्य बराल मंगलबार नै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया