२७९ थपिए, नेपालभर काेराेना संक्रमित ४३६४
समाधान संवाददाता
२०७७ जेठ २८ गते १६:५९

पाेखरा
नेपालमा बुधबार २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय ५७ जना पुरुष र २२ जना महिला गरी नयाँ संक्रमितको संख्या २ सय ७९ रहेको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यो सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । उनीहरु मध्ये ४ हजार ५५ पुरुष र ३ सय ९ जना महिला छन् ।
गण्डकीमा संक्रमितकाे संख्या १ सय ४७ पुगेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया