प्रहरीलाई ढुङ्गा हान्ने दुवै जना छुटे

समाधान संवाददाता २०७७ जेठ ३० गते ९:२४

समाधान संवाददाता

पोखरामा बिहीबार स्वतन्त्र युवाहरुले गरेको प्रदर्शनमा प्रहरीलाई ढुंगा प्रहार गरेको अभियोगमा पक्राउ परेका दुवै जना प्रहरी हिरासतबाट छुटेका छन् । शान्तिपूर्ण प्रदर्शनमा तनाव उत्पन्न गराउन खोजको भन्दै प्रहरीले २ युवालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा पोखरा ६ का विमलबहादुर पहारी र प्रेमबहादुर केसी थिए । ती मध्ये पहारी पोखरा महानगर पालिका वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीका छोरा हुनु ।

Advertisement

उनीहरु दुवैलाई अब आइन्दा यस्तो हर्कत नगर्ने शर्तमा हिरासत मुक्त गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

विहीबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त पिसिआर परीक्षण नभएको, क्वारेन्टिन व्यवस्थित नभएको र सरकारले गरेको खर्च पारदर्शी नभएको भन्दै सामाजिक सञ्जालमार्फत आह्वान गरी प्रदर्शन भएको थियो ।

Advertisement

नाराबाजी गर्दै प्रहरी माथि ढुङ्गा हानिएपछि आयोजकले कार्यक्रममा घुसपैठ भएको बताएका थिए ।

सम्बन्धित समाचारहरु 

प्रहरीलाई ढुंगा हान्ने वडाध्यक्षकै छोरा

पोखराको प्रदर्शनमा घुसपैठ, २ ‘उच्छृंखल’ युवा पक्राउ

तपाईको प्रतिक्रिया