लेकसाइडको होटलबाट ८ जुवाडे पक्राउ

समाधान संवाददाता २०७७ असार ४ गते ११:१४

समाधान संवाददाता

पोखरा ६ लेकसाइड गौरीघाटस्थित १ होटलबाट बुधबार ८ जुवाडेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

होटल सेन्टर लेकको तल्लो तलामा जुवा खेलिरहेको अवस्थामा साँझ ५ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

Advertisement

जुवाखालबाट प्रहरीले १९ हजार ३ सय २० रुपैयाँ नगद र तास बरामद गरेको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक ४१ वर्षीय टंकराज अधिकारी, ६१ वर्षीय विरबहादुर लामिछाने, ३८ वर्षीय ऋषि पाण्डे, ४० वर्षीय धर्म थापा, ३६ वर्षीय रविन गौतम, ३१ वर्षीय अनिल क्षेत्री लगायत रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सबै पोखरा ६ बैदामका रहेको प्रहरीले जनाएको छ ।

Advertisement

म्याद थप गरी पक्राउ उपर कारवाही बढाइने प्रवक्ता हमालले जानकारी दिए । गत शुक्रबार पनि कास्की प्रहरीले पोखरा १० बुद्धचोकबाट १२ जना जुवाडे पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया