एमसिसी ओडिपस कम्प्लेक्स र नागरिकस्तरको बहस

रामप्रसाद सुवेदी
अहिले नेपालमा नागरिकस्तरमा नै एउटा बहसको चरम उत्कर्षमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)रहेको छ । मनोविज्ञानमा जिज्ञासा राख्ने जिज्ञासुहरुका लागि फ्रायडको मनोविज्ञानमा ओडिपसको जति चर्चा हुन्छ, त्यति नै नागरिकस्तरमा एमसिसीको चर्चा रहेको छ । फेरि एमसिसीले नजन्मदै जति चर्चा पायो ओडिपसले जन्मेपछि पाएको थियो ।
ओडिपस थेबिजका राजा लेइसको पुत्र थियो । जन्मिँदासाथ उसमा एउटा भविष्यवाणी गरिएको थियो, उसले ठूलो भएपछि आफ्नो बाबुलाई मारेर आमासँग विवाह गर्दछ, यो कुराले राजा डराए । त्यसपछि राजाले त्यो बालकलाई गोठालालाई दिएर जंगलमा लगेर मार्न भने ।
गोठालाले त्यो बालकलाई लगेर कारिन्थका बादशाह पालिबियसलाई दियो किनकि उनका कुनै सन्तान थिएनन् । जब बालक ठूलो भयो उसलाई त्यो भविष्यवाणीका बारेमा थाहा भयो त्यसपछि ऊ घर छोडेर हिँड्यो । एकदिन उसले बाबु लुइस र आफ्नी आमा जोकेस्टालाई भेट्यो, उसलाई उनीहरु आफ्ना बाबुआमा भएको थाहा थिएन ।
उनीहरुबीच विवाद बढ्दै जाँदा केही कुरामा विवाद भयो र उत्तेजना बढ्दै गएपछि उसले लेइसलाई मा¥यो र जोकेस्टासँग विवाह ग¥यो । उसको बारेको भविष्यवाणी टरेन ।
माथि उल्लेखित भनाइहरु जवाहरलाल नेहरुको मेरो कहानी (नेपाली संस्करण) नामक पुस्तकबाट लिइएको हो । नेहरुले महात्मा गान्धीको प्रसंगमा ओडिपस कम्प्लेक्सको चर्चा गरेका हुन्, जुन सिग्मन्ड फ्रायड (सन् १८८९) को सिद्दान्तमा आधारित चर्चित प्रसंग हो ।
यो भनाइले के कुराको संकेत गर्छ भने, व्यक्तिमा जन्मजात देखिएका लक्षणहरुले निरन्तरता पाउँदछन् । अर्का मनोवैज्ञानिक जेबी वाट्सन् (सन् १९१३) यसका विरोधी हुन् । उनले भनेका छन् कि मलाई १० वटा नवजात शिशु दिएमा मैले तिनीहरुलाई चाहेजस्तो आचरण र व्यवहारका व्यक्ति कोही डाक्टर, कोहि इन्जिनियर, वकिल, चोर डाँका जे चाह्यो त्यही आचरणका निर्माण गरिदिन्छु ।
उनको यो भनाइ सबै अनुमान ओडिपसमा जस्तो लागु हुँदैन भन्ने हो । बालक जन्मँदा खाली दिमाग लिएर जन्मेको हुन्छ जन्मेपछि उसको वरिपरिको वातावरणले नै चरित्र निर्माण गर्ने हो । जन्मँदा त ऊ कोरा कागजजस्तो नै हुन्छ ।
अहिले एमसिसीका बारेमा ओडिपस भविष्यवाणी चलिरहेको छ । एमसिसी लागु भएपछि अमेरिकी सेना नेपाल आउँछ, नेपालको कानुन सबै निष्कृय हुन्छ । संसद्ले एमसिसी पारित गरिसकेपछि नेपालको संविधान त्यसको कार्यान्वयनका क्रममा निस्क्रिय हुन्छ ।
नेपालको वैदेशिक मुद्राको भरपर्दाे स्रोत विद्युत निर्यात भएको तर भारततिर निर्यात गर्नका लागि स्तरीय प्रसारण लाइन नभएकाले त्यसमा लगानी गर्नु पर्ने देखियो । नेपालको बिजुलीको बजार भारत र बंगलादेशमात्र भएकाले बंगलादेशमा बत्ती लैजाँदा पनि भारतको अनुमति लिनुपर्ने अपरिहार्यता रह्यो ।
नेपालको बिजुलीको चाबी अमेरिकाको हातमा रहन्छ । नेपालले त्यसमा केही परिवर्तन गर्नका लागि पनि अमेरिकाको अनुमति लिनु पर्दछ । यो चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को विरुद्द भएकाले अब नेपाल अमेरिकाको प्रबुद्धमा रहन्छ र अमेरिकी सेना आउने भएकाले नेपाल अब दोस्रो सिरिया बन्छ जस्ता भविष्यवाणीहरुको लहरले नागरिकस्तरमा समेत यसले एउटा चर्चा पाएको छ ।
के हो त एमसिसी ?
सन् २००१ मा अमेरिकाको टुइनटावरमा आतंककारी आक्रमणले ठूलो क्षति भयो । उक्त आक्रमणपछि संसारभरि एउटा बहस सुरु भयो । यसरी आत्मघाती आक्रमण गर्नुको कारण विश्वव्यापी रुपमा रहेको गरिबी र अभाव नै हो ।
त्योभन्दा पहिला अमेरिकाले विश्वका कुनै पनि मुलुकमा भौतिक पूर्वाधार र विकासमा सहयोग गरेको थिएन । यो बहसले अमेरिका पनि झस्कियो र सन् २००४ मा त्यहाँको हाउस अफ कमन र सिनेटले एमसिसीको ऐन पारित ग¥यो र उसले २० वटा इन्डिकेटर निर्माण ग¥यो ।
ती २० वटा इन्डिकेटर पूरा गर्ने विश्वका अल्पविकसित र अविकसित मुलुकलाई उनीहरुले छनोट गरेका गरिवी निवारणका आयोजनाहरुमा विकास र पूर्वाधारका लागि सहयोग गर्ने नीति लियो, यसैलाई मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नामले चिनिन्छ ।
नेपालको संलग्नता
नेपालले एमसिसीले राखेका २० वटा इन्डिकेटरमा १६ वटा पूरा ग¥यो । एमसिसीको मापदन्डअनुसार लगानीयोग्य मुलुकमा नेपाल प¥यो । त्योभन्दा पहिला दशकौंसम्म अमेरिकाले नेपालको विकास र पूर्वाधारका योजनाहरुमा सहयोग गरेको थिएन । नेपालले विकास र सम्बृद्दिका लागि प्राथमिकताका क्षेत्र निर्धारण गर्न नेपाल ग्रोथ डायग्नोस्टिक स्टडी नामक संस्था गठन भयो ।
त्यो अध्ययनले नेपाल समृद्धि र विकासमा अगाडि बढ्नका लागि स्तरीय सडक निर्माण र बिजुली निकालेर बिक्री गरेर आयआर्जन गर्ने कार्यलाई प्राथमिकतामा राख्यो । जतिबेला एमसिसीले नेपालका लागि प्रोजेक्टको स्वीकृति दियो त्यतिबेला नेपालमा १८ घन्टासम्म लोडसेडिङ हुने गर्दथ्यो ।
माथिल्लो तामाकोशी लगायतका निर्माणाधीन आयोजनाहरु सम्पन्न भइसकेपछि नेपालको बिजुली खपत क्षमताभन्दा बढी हुने तथ्यांकले देखाउन थाल्यो र नेपालमा स्तरीय विद्युत प्रसारण लाइन नभएकाले मौजुदा विद्युत वितरणप्रणालीमा सुधार गर्नुपर्ने देखियो । अर्काेतिर नेपालका सडकहरुको स्तरीयतामा पनि सुधार गर्नुपर्ने भयो ।
नेपालको वैदेशिक मुद्राको भरपर्दाे स्रोत विद्युत निर्यात भएको तर भारततिर निर्यात गर्नका लागि स्तरीय प्रसारण लाइन नभएकाले त्यसमा लगानी गर्नु पर्ने देखियो । नेपालको बिजुलीको बजार भारत र बंगलादेशमात्र भएकाले बंगलादेशमा बत्ती लैजाँदा पनि भारतको अनुमति लिनुपर्ने अपरिहार्यता रह्यो ।
यो आयोजनामा त्रिदेशीय सहमति लिनुपर्ने वाध्यता रह्यो । विसं २०७४ साल भदौ २९ गते नेपाल र अमेरिकाबीच एमसिसी सम्झौता भयो । विसं २०७५ साल वैशाख ५ गते एमसिसी कार्यान्वयन इकाइको रुपमा एमसिएको गठन गरियो, जसलाई नेपाल कम्प्याक्ट नाम दिइएको छ ।
यस अन्तर्गत ३ सय १२ किमी लम्सिफेदीदेखि रातामाटे हुँदै भारतीय सिमासम्म ४ सय के भोल्ट क्षमताको प्रसारण लाइन निर्माण र पूर्वपश्चिम राजमार्गको चन्द्रौेटादेखि दाङको लमहीसम्मको १०० किमी सडकको स्तरीय मर्मतलाई योजनामा छनौट गरियो ।
एमसिसी कम्प्याक्टमा यसको इन्डोप्यासिफिक स्ट्रयाटिजी (आइपिएस)सँंग कुन पैनि संलग्नता नरहेको देखिएको छ । तर पनि यसको संलग्नताको कुरा आइरहेको छ यो पनि बहसको विषय भएको छ । ७७ पेजको कम्प्याक्टमा कत पैनि आइपिएस कनेक्सन छैन तथापि यसको किन चर्चा भइरहेको छ त्यो कुरामा स्पष्ट पारिनु उपयुक्त हुन्छ ।
प्रसारणलाइन निर्माणका लागि ४० करोड र सडक मर्मतका लागि ५ करोड डलर खर्च गर्ने योजना रहेको छ । यो एमसिसीको कार्यान्वयनका लागि पूरा बजेटको ५० करोड डलर अमेरिकाले र १३ करोड डलर नेपालले ब्यहोर्ने रहेको छ ।
बहसको विषय
एमसिसी ऋण नभएर अनुदान भएको कुरा स्पष्ट रहेको छ । नेपालीहरु ऋणमा थिचिएको अवस्थामा यसरी आउने अनुदान लिनु आवश्यक अनि स्वाभाविक पनि हो । अहिलेसम्म नेपालले लिएको वैदेशिक सहयोग जति छ, त्यो नेपालको संसदले अनुमोदन नगरीकन भएको कुरा सर्बविदितै रहेको छ तर एमसिसीको सहयोगमात्र संसदले अनमोदन गर्नु पर्ने बहसको विषय त भयो नै ।
संसदले अनुमोदन गरेपछि त्योसँंग बाझिने नेपालका कानुनहरु अमान्य रहने र कतै यहाँको संविधान भन्दा पनि यो कानुन माथि रहेर जनताको वर्षौको बलिदानले आर्जेको संविधान निष्कृय रहने त हैन ? भन्ने प्रश्न र संविधान यसरी प्रभावित भएकोे अवस्थामा त्यसको समाधान के त नि ? भन्ने खुल्दुलीले नागरिकहरुमा एउटा बहसको विषय उब्जिएको छ, र यसको समाधान हुनुपर्दछ ।
एमसिसी कम्प्याक्टमा यसको इन्डोप्यासिफिक स्ट्रयाटिजी (आइपिएस)सँंग कुन पैनि संलग्नता नरहेको देखिएको छ । तर पनि यसको संलग्नताको कुरा आइरहेको छ यो पनि बहसको विषय भएको छ । ७७ पेजको कम्प्याक्टमा कत पैनि आइपिएस कनेक्सन छैन तथापि यसको किन चर्चा भइरहेको छ त्यो कुरामा स्पष्ट पारिनु उपयुक्त हुन्छ ।
आइपिएस सैनिक क्षेत्रसंँग सम्बन्धित अमेरिकन रणनीति हो र यो राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि चर्चामा आएको हो तर किन यसलाई एमसिसीसँंग जोडेर हेरिएको छ त, यसमा पनि बहस हुनुपर्दछ । कतिपय अमेरिकी अधिकारीहरु एमसिसीलाई आइपिएससंँग जोडेर भाषण गरेको पनि सुनिएको छ र यो बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को विरुद्द आएको हो भने पक्कै पनि यसले चीनसंँगको सम्बन्धमा प्रभाव पार्दछ ।
अनुदान लिएमा नेपालमा अमेरिकी सेना आएर दोस्रो सिरिया बन्छ र नलिएमा सधैका लागि अमेरिका चिढिन्छ यसरी दाता राष्ट्र चिढिनु सधैंका लागि समस्याको रुपमा रहन्छ । अब नेपालको बिजुलीको चाबी सदाका लागि अमेरिकाको हातमा हुन्छ र नेपाल आफ्नो स्रोत र साधनको प्रयोग गर्न अर्काको दयामा बस्नुपर्ने जस्ता कुराहरु बजार हल्लाको रुपमा आएकाले तीनमा बहस गरी स्पष्ट पारिनु उपयुक्त हुन्छ । यो सम्झौतामा ३० दिनको सूचना एक अर्कालाई दिएर तोड्न सकिने भएकाले नेपालले लगानी गरेको १३ करोड डलरको सुनिश्चितताका बारेमा पनि स्पष्ट हुनुपर्ने देखिएको छ ।
बहसको निश्कर्ष
नेपालको विकास र समृद्धिका लागि एउटा विकल्प हो र बढी भएको बिजुली भारत र बंगलादेशलाई बेचेर विदेशी मुद्रा आर्जन गर्नु, यो नेपालका लागि अपरिहार्य जस्तो नै रहेको छ । सिग्मण्ड फ्रायडको ओडिपस कम्प्लेक्स जहाँ पनि लागु नै हुन्छ भन्ने मान्यता राख्नु उपयुक्त नहोला । केहीमा त वाट्सनको सिद्धान्तले काम गर्न सक्दछ ।
हालसम्म विश्वका ३९ देशहरुले एमसिसी सम्झौता गरेका छन् । मलावी, मदाकस्कर र तान्जानीयाले आफ्नो देशको आन्तरिक कारणले गर्दा यो अनुदान उपयोग गर्न असफल भएका छन् । दक्षिण एसियाका मुलुकहरुमध्ये श्रीलंका र नेपालमामात्र यो सम्झौता भएको थियो । ३ सय १२ किमी प्रसारण लाइन निर्माण गरी त्यसमा ४०० के भोल्ट लोड बहन क्षमताको अन्तरदेशीय प्रसारण लाइन वनाएर भारत र बंगलादेशलाई बढी भएको बिजुली बेच्ने कुरा नेपालका लागि एउटा आवश्यक र अपरिहार्य जस्तो नै रहेको छ ।
विश्वका कतिपय मुलुकहरुले एमसिसीको दोस्रो र तेस्रो सम्झौता समेत गरेको पाइन्छ । अल्पविकसित र अविकसित मुलुकहरुमा प्राय राजनीतिक अस्थिरता, सरकारहरु परिवर्तन भइरहने र ऐन नियमहरुको निरन्तरताको अभावले परियोजनामा प्रभाव परेका उदाहरणहरु जगजाहेरै छन् ।
हाम्रो देश नेपाल त्यसबाट त झनै प्रभावित छ, जसले गर्दा हाम्रा दाता र साहूहरुको सधँै गुनासो रहेको पाइन्छ । हाम्रा मेलम्ची लगायतका मेघा प्रोजेक्टहरुको हालत हामीहरुलाई थाहा नै छ । परियोजना सुरु हून्छ तर समयमा सकिँदैन जसले गर्दा कयौ गुणा लगानी बढ्छ ।
लगानी बढ्नु भनेको हाम्रो टाउकाको ऋण थपिनु हो । यसको चार्टरमा यो सम्झौता लागु भएपछि घडीको सुइको चालमा नरोकिइकन सम्झौता सम्पन्न हुने भएकाले यसले निर्माणका क्षेत्रमा एउटा संस्कारको निर्माण र उदाहरणको रुपमा प्रस्तुत भएर दाता र साहूलाई नेपालमा पनि योजनाहरु समयमा सम्पन्न हुनसक्छन् भनेर देखाउने आश गर्न सकिन्छ ।
नेपालले छनोट गरेका योजना र प्राथमिकताका क्षेत्रमा लगानी गर्ने र लेखापरीक्षण लगायतका कार्यमा नेपालीको पनि सहभागीताको सुनिश्चितता भएमा यो परियोजना नेपालको हितमा नै रहने निश्कर्ष निकाल्न सकिन्छ ।
कुनैपनि संसदले बनाएको कानुन संविधानभन्दा माथि हुन सक्दैन, फेरि ऐन कानुनहरु अपरिवर्तनीय पनि हैनन् । आवश्यक परेका बेलामा संविधानसमेत हामीले परिवर्तन गरेका उदाहरण छदैछन् । अहिलेको २१ औ शताब्दीमा हिजो भारतमा व्यापार गर्नका लागि आएका ब्रिटिसहरुले देशै कब्जा गरेर बसेको जस्तो सोच्नु पनि उपयुक्त नहोला ।
त्यसैपाएको अनुदान लिँदा चीन ठुस्किएला भन्ने सोचेर बस्नु जायज मान्न सकिदैन । यो आइपिएस र बिआरआइसँंग अन्तरसम्बन्धित परियोजना भएको कहीं कतै देखिँदैन । नजन्मदै ओडिपस भविश्यवाणी गरेर समय खेर फाल्नु र यसलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु भन्दा नेकपाले नेकाको जस्तो सर्बसम्मत निर्णय गरेर निश्कर्ष दिनु नै राम्रो होला ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया