गीतकार साहिर, कवयित्री अमृता प्रितम र चित्रकार इमरोज

समाधान संवाददाता २०७७ असार १३ गते १४:५८

राजेन्द्र भण्डारी

अमृता प्रितमः
भारतीय साहित्यिक क्षितीजमा उदाएका धेरै साहित्यिक किरणमध्ये एउटा प्रिय किरण अमृता प्रितम हुन् । जुनबेला एकातर्फ विश्वको आकाशमा प्रथम विश्वयुद्धका काला बादलहरू एक अर्कासँग युद्धको ताण्डव गरिरहेका थिए भने अर्कातर्पm बेलायती उपनिवेशको विरुद्धमा भारतीय स्वतन्त्रता संग्रामको मोर्चा कसिँदै गएको थियो । त्यस्तो विषम समयको पूर्व सन्ध्यामा पाकिस्तान, पञ्जावको गुजारावाला भन्ने गाउँमा रहेको करतारसिंहको घरको माटोमा एउटा नारी स्वतन्त्रता र स्वच्छदाको रूपमा जीवन बाँच्ने साथै प्रेमको नयाँ परिभाषाको उषाका साथ सन ३१ अगस्त १९१९ सर्वप्रथम आँखा खोलेकी थिइन् ।


उनी एकातर्फ निलो आकाशमा निर्वाध रूपमा बाँच्न चाहने महिला थिइन् भने अर्कोतर्फ पुरुषवादको विरुद्धमा संघर्ष गर्ने स्वभाव पनि उनमा थियो । उनको धार्मिक भावनाले ओतपोत भएको पारिवारीक स्वभावमा रहँदा पनि धार्मिक बन्न सकिनन् । झन् आमाको मृत्युपश्चात त उनी पूर्ण रूपमा यस संसारमा ईश्वर छैनन् भन्ने कुरामा विश्वस्त बन्दै ईश्वरप्रतिको उनको धारणामा सदाको लागि पूर्णबिराम लगाइदिएकी थिइन् । पिताको पुस्तकप्रतिको अघोर लगाबको कारणबाट उनमा सानै उमेरदेखि नै कथा, कविता पढ्ने र लेख्ने शक्तिको विकास भयो । समयको अन्तरालमा त्यही शक्तिले बानीको रूप धारण गरयो । परिणामस्वरूप त्यस बानीले उनको नामलाई पञ्जाबी साहित्यको धरातलमा पहिलो कवयित्रीको नामले चिनाउँदैं भारतीय समाजसँग एउटा सुगन्धित श्रष्टाको परिचय मात्र दिलाएन बरु मितेरीसमेत लगाइदियो । ६ वर्षको उमेरमा पारिवारिक विवाहको सम्झौता, १६ वर्षको उमेरमा लाहोरका एक प्रतिष्ठित व्यापारी प्रितम सिँहसँगको वैवाहिक सम्बन्ध कायम र त्यसको केही समयपश्चात सम्बन्ध विच्छेद हुनु साथै सम्बन्ध विच्छेदपश्चात पनि पतिको नाम प्रितमलाई आप्mनो नामसँग जीवनभर जोड्नु अमृता प्रितमका जीवनका प्रारम्भिक आयामहरू थिए ।

Advertisement


अमृता प्रितमका कथा र कवितामा प्रस्तुत शब्दहरूका बनोटले तत्कालीन समाजभित्र रहेको तडप, छटपटी र पुरानो बल्झेका घाउहरूबाट निस्केका दुखका रगतहरू छताछुल्ल भएर बगेको देखिन्छ ।


यहीँबाट नै अमृताबाट अमृता प्रितमको मूर्त यात्रा प्रारम्भ भई जीवनभर गीतकार साहिरसँग प्रेम र जीवनका करिब पचास वर्ष इमरोजसँगको साथमा बित्यो । उनले तत्कालीन भारतीय समाजको अँध्यारोमा उनले आप्mनो जीवनका सारा पललार्ई आप्mनै मूल्य, मान्यता र सर्तमा उनले गौरवका साथ बाँचिन् र खुला जीवन जिउने कला, अन्दाज र धारणालाई आप्mनो साहित्यको प्रमुख अवधारणा बनाइन् जसको माध्यमबाट उनले भारतमा मात्र होइन विश्व साहित्यमै बहुमुल्य छाप छोड््न सफल भइन् । यो नै अमृता प्रितमको साहित्यिक शक्ति थियो ।

Advertisement

वास्तबमा अमृता प्रितम पञ्जाबी भाषाकी एक प्रतिष्ठित लेखिका थिइन् । उनको साहित्यलाई हिन्दी साहित्य अनुरागीहरूले धेरै पढे र दिलदेखि नै सम्मान प्रकट गरे । अमृता प्रितमको गद्य र पद्य दुवै साहित्यमा अनौठो र अचम्मको पकड रहेको देखिन्छ । उनको उपन्यास पिंजरको कथालाई आधार मानेर चलचित्र बनाइएको छ भने युरोपियन भाषामा थुप्रै पुस्तकहरूलाई अनुवाद गरिएको छ । अमृता प्रीतमले भारत र पाकिस्तानको विभाजनको विभत्सतालाई देखेकी थिइन् । दुबै देशको मानवीय भावनालाई नजिकबाट महसुस गरेकी थिइन । जसले गर्दा उनको कवितामा प्रशस्त मात्रामा भारत पाकिस्तान विभाजनका पीडा र वियोगका थुप्रै बाछिटाहरु देखिन्छन् । उनको नजरमा भारत पाकिस्तानको विभाजन केवल भूगोलको विभाजन मात्र थिएन । यो विभाजन अनेक स्मृति, धर्म, संस्कृति, आदर्श र मान्यताको साथै रगतको विभाजन पनि थियो । यही विछोड र वियोगका शब्दहरू मौनरूपमा अमृता प्रितमका कविताहरूमा बोलिएका पाइन्छन् ।


साहिरसँगको भेट र विछोड
शब्दका जादुगर अर्थात् साहिर लुधियानीसँग अमृता प्रितमको सर्वप्रथम सन् १९३९ मा एउटै कलेजमा विद्यार्थीको रूपमा भेट भएको थियो । पहिलो भेटबाट नै प्रारम्भ भएको प्रेम जीवन भर नै रह्यो । उनले उक्त भेटलाई लिएर आप्mनो आत्मकथामा लेखेकी थिइन्; प्रित नगरमा पहिलो पल्ट तिमीलाई देखेकी थिएँ र तिम्रो आवाजलाई सुनेकी पनि थिएँ । जुन भेटले मेरो मनको पवित्र तलाउमा एक किसिमको मौन खुसीको तरंगले ढाकिएको थियो । साहिरको मौन मुहार र प्रिय शब्दको जादुले मलाई र मेरो मनलाई एक किसिमले आकर्षित गरेको थियो ।

कलेजमा अध्ययनरत रहँदा साहिर एक प्रख्यात सायरको रूपमा परिचित थिए भने अमृता पञ्जाबी साहित्यमा एउटा विशिष्ट पहिचान बनाइसकेकी थिइन् । समयको गतिसँगै अमृता प्रितम विस्तारै विस्तारै साहिरसँग स्वतन्त्र प्रेम गर्न थालिसकेकी थिइन् । अधुरो रहे तापनि जीवनभर गरिरहिन् । साहिर पनि अमृता प्रितमलाई प्रेम गर्थे तर समयलाई यी दुई जोडीको मिलनलाई मञ्जुर थिएन । भारत विभाजन पश्चात अमृता प्रितम दिल्ली गइन् भने साहिर मुम्बई गए । भौतिक रूपमा उनीहरू फरक फरक भए तापनि उनीहरूबीचमा प्रेमको अनुभव सदा थियो ।

उनको प्रसिद्ध कथा रसिदी टिकटमा उनले भनेकी छिन्; मेरो आप्mनो संस्कारको सीमाको कारणले गर्दा मलै कहिल्यै पनि साहिरसँग मेरो मनको भावनालाई व्यक्त गरिनँ । तर जीवन रहेसम्म उनलाई प्रेम भने गरि नै रहँे । साहिरसँगको सम्बन्धको बारेमा अमृता प्रितम अझै अगाडि भन्छिन्, साहिरसँग म घण्टौँसम्म बस्थे । साहिर थुप्रै सिगरेट खान्थे । साहिरसँगको बसाई समाप्त पश्चात चुरोटका सबै ठुटाहरूलाई सँगालेर राख्थें र तिनै चुरोटका ठुटाहरूलाई स्पर्श गरेर साहिरसँग प्रेमको अनुभव गर्थें । उनले अव्यक्त प्रेमको धुवाँलाई विस्तारै विस्तारै साहिरको जीवनमा उडाउन थालिन् अर्थात प्रेमको प्रवृत्ति अनुरूप भित्र भित्रै र विस्तारै विस्तारै अमृता प्रितमले प्रेम गर्न थालिन् ।

तत्कालीन भारतीय समाजमा त्यस किसिमको महिलाको भूमिकालाई सहज रूपमा लिन सक्ने अवस्था थिएन तर अमृता प्रितमले साहिरसँगको प्रेम र सम्बन्धको बारेमा उनले कुनै पनि कुरा लुकाइनन् । उनमा जे थियो, त्यसलाई खुलेर प्रस्तुत गरिन् । अमृता प्रितम मात्र होइन साहिर पनि अमृता प्रितमलाई त्यति नै माया गर्न थालेका थिए । उनले अमृता प्रितमको नाममा ‘ताजमहल’ नामक कविता लेखे र धेरै नै लोकप्रिय भएको थियो । साथै उक्त कवितालाई सुन्दर फ्रेममा राखेर एक कार्यक्रमका बीच उपहार दिएका थिए । उक्त कविता जसलाई अमृता प्रितमले जीवन भर सजाएर राखेकी थिइन । साहिरले अमृता प्रितमलाई र अमृता प्रितमले साहिरलाई चाहेका थिए ।

उनीहरू एक नदीका दुई किनार नभइकन कल्पनाका विशाल किनाराविहीन नदी बन्न चाहन्थे । तर समयलाई अन्ततः यो कल्पना मन्जुर थिएन । जसले गर्दा साहिर र अमृता प्रितमको सम्बन्धको यात्रामा दरार सृजना भयो । उनीहरू दुई ध्रुवमा विभाजित भए । एउटा ध्रुवको क्षितिजमा बसेर साहिर ‘चलो एकवार फिर से अजनवी बन जाए हमदोनो’ भन्दै भारतीय भूमिको गीतमा अमृता प्रितमको विछोडलाई उतारे भने अर्को ध्रुवको क्षितिजमा अमृता प्रितम बसेर जीवनका कयौं वर्षहरू बिछोडका पीडामा बिताइन् । यही विछोड र पीडाको भावनाका तलाउमा उत्पति भएका कल्पनाको तरगसँग खेल्दा खेल्दै अमृता प्रितमले साहित्यिक यात्राको सर्वोत्कृष्ट वियोग र पीडा भरिएको ‘सुनहरे’ नामक कृति सृजना गरिन् । जसले उनलाई भारतीय साहित्य क्षेत्रमा योगदान गरे वापत दिइने सबै भन्दा ठूलो र सम्मानित पुरस्कारबाट सम्मानित हुने सुवर्ण अवसर गरिन् ।

अमृता प्रितमले आफ्नाे आत्मकथामा प्रस्तुत एक सन्दर्भमा उनका छोराले प्रश्न गरेका थिए, ूके म साहिरको छोरा हुँ ?” तब अमृता प्रितमले भनेकी छिन्, “यो त साँचो होइन र तर जब तिम्रो जन्म हुँदै थियो तब म अविरल साहिरलाई नै स्मरण गर्ने गर्थैं ।” उनको जीवनलाई असाध्यै गहिराहीमा गएर निहाल्ने हो भने उनी जति सुन्दर र प्रितम देखिन्थिन् त्यति नै उनमा अत्यधिक व्यग्रता र कठिनाइका डरलाग्दा चित्रहरू सजावट भएको पाइन्छ । अृमता प्रितमले दुःखको सागरबाट साहित्यको मार्फत एउटा आशा र चेतनाको साहित्यक मार्ग लिएर आइन् । जसमा महिलाहरूका लागि जीवन जिउने एउटा नयाँ कदम बन्यो । जसलाई आज हजारौं भारतीय महिलाहरूले ग्रहण गरेका छन् ।

आज महिलाहरू कसैको श्रीमती, कसैको भाउजू र कसैको बुहारी बनेर जीवन जिउन चाहँदैनन् बरु उनीहरू सहकर्मी र सहयोद्धाको रूपमा चल्ने सम्भावना बढ्दै गएको देखिन्छ ।

इमरोजसँगको अचम्म र भावुक सम्बन्धः
साहिरसँगको बिछोडपश्चात अमृताको भेट र घनिष्टता उनकै बगलमा वस्ने चित्रकार इमरोजसँग भयो । यतिबेला,जुनबेला अमृता भारतीय आकाशवाणीमा उद्घोषिकाको रूपमा काम गर्थिन् । एउटा स्कुटरको पछाडि बसेर जाने र आउने क््रmममा बढेको अमृता र इमरोजको सम्बन्ध अमृताले यस संसार नछाडेसम्म रहिरह्यो । स्कुटर पछाडि बसेर केही न केही लेख्ने गर्थिन्, यतिसम्म कि इमरोजले लगाएको सर्ट पछाडि पुरा लेख्ने गर्थिन् । त्यो नाम अरू कोही नभएर साहिर नै थियो तर इमरोज शान्त र मौन हुन्थ्ये । इमरोजसँगको सम्बन्धलाई हेर्ने हो भने अचम्म र एउटा भावुक सम्बन्ध रहेको देखिन्छ । तत्कालीन समयमा भारतीय समाजको भूगोलभित्र त्यस किसिमको सम्बन्ध बनाएर गर्वका साथ एउटासँग जीवनको त्याग, अर्कोसँग जीवनभर प्रेम र अर्कोसँग मृत्यु पर्यन्तसम्म अमृता प्रितमले जीवन विताइन् ।

एक अमृता प्रितम हुन र बन्नको लागि इमरोजको साथ हुन पनि जरुरी छ । अमृताको जीवनलाई सरल र सहज बनाउनमा इमरोजको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । जिन्दगी एक्लै पनि चल्छ तर त्यो सुन्दर र सार्थक हुन सक्दैन । अमृता प्रितमले जीन्दगीलाई आप्mनै सर्तमा बिताइन् तर यसलाई सुन्दर र यर्थाथ बनाउनमा इमरोजले सामीप्यता र आत्मियताको सप्तरंगले अमृता प्रितमलाई जीवनभर रंगाएका थिए । अमृता प्रितम र इमरोज सडकका यस्ता यात्रीहरू थिए जहाँ दुबै सँगै हिँड्ने गर्थै । दुबैका बीचमा एउटा दुरी कायम थियो । एउटै छत भएको घरमा रहेर पनि उनीहरू फरक कोठामा बस्दथे । इमरोजको उपस्थितिले अमृता प्रितमको

जीवनलाई सुन्दर मात्र होइन् उत्कृष्ट पनि बनाएको थियो । उक्त उपस्थिति अमृता प्रितमले दिलको गहिराइबाट आभारका साथ कृतज्ञता प्रकट गरेकी थिइन् । अमृता प्रितमले आप्mनो जीवनको अन्तिम समयमा इमरोजलाई बिम्ब बनाएर ‘म तिमीलाई फेरी भेट्ने छु’ । नामक कविता लेखेकी थिइन् भने इमरोजले पनि अमृता प्रितमको अन्तिम बिदाईमा भावुक बन्दै अमृता प्रितमले शरीर मात्र छोडेकी हुन् तर साथ होइन । अझ अगाडि भन्छन्, ूप्रेम गर्न जान्नको लागि हामी बाँचेका थियौं । हामी प्रेम गर्दछौँ तब हामीलाई बाँच्न आउँछ ।

इमरोज अमृता प्रितमभन्दा आठ वर्ष कम उमेरका थिए । इमरोजले अमृता प्रितमलाई भेट्दा अमृता प्रितमका दुई सन्तानहरू भईसकेका थिए । तब अमृता प्रितमले इमरोजलाई भनिन्, जाऊ तिमी एकपटक बाहिरी संसार हेर । यदि तिम्रो मन लाग्यो भने फेरी तिमी फर्केर आऊ ।” तब इमरोजले अमृताको कोठालाई सात चक्कर लगाएर भने “लौ मैले सारा संसार घुमें र देखेँ । इमरोजलाई थाहा थियो कि अमृता प्रितम साहिरलाई नै प्रेम गर्थिन् तर इमरोज प्रेमको गहिराइमा पुगेर अमृता प्रितमलाई भावना, कल्पना र यर्थाथमा प्रेम गर्थे । इमरोजको सम्बन्धमा अमृता प्रितम भन्थिन्, “इमरोज मेरो ईश्वर हो । उसले मेरो अस्तित्वलाई स्वीकार मात्र गरेन मेरो जीवनका सारा वियोग र विछोडका पीडाहरूलाई समेत आत्मसात् गरेर जीवनभर मलाई आफ्नाे बनाइरह्यो ।” इमरोज पनि पत्रमार्फत अमृता प्रितमलाई भन्दथे, “मेरा चित्रहरू तिमीले नहेरेसम्म अपूर्ण नै रहन्छन् जस्तो लाग्छ ।

अमृता प्रितम, तिमीले नहेरिदिए मेरा चित्रहरू केवल धर्सा र रंगका संयोजन मात्र हुन् ।” तर पनि उनीहरूका बीचमा एक प्रकारको सकारात्मक दुरी कायम थियो । जुन कलाकारका लागि आवश्यक हुन्छ । पतिसँग छोडपत्र गरिन् । साहिरसँग जिन्दगीभर प्रेम गरिन् तर जीवनभर इमरोजसँग सँगै बसिन् । विवाहको औपचारिकतालाई दुबैले आवश्यक ठानेनन् । अमृता प्रितम इमरोजसँगको भेटलाई लिएर भन्थिन्,

“साहिरलाई चौध वर्ष प्रेम गर्न लगाएर, मलाई ईश्वर तिम्रा लागि तयार गराउँदै रहेछन् ।” इमरोज र अमृता प्रितमको उमेरको सम्बन्धमा अमृताले भनेकी थिइन, “तिमी मेरो जीवनमा यति ढिलो गरेर किन आयौ ? समयले मेरो जीवनको सम्पूर्ण राप र तापलाई खोसी सकेपछि किन आयौ ? उज्यालो छर्दै तिमी किन आएनौ र मेरो जीवनको ढल्कँदो साँझमा तिमिलाई आउनुपर्ने ?” इमरोज र अमृताबीचको सम्बन्ध यस्तो बनेर गयो कि जसलाई तत्कालीन भारतीय समाजले स्वीकार गर्न सक्ने अवस्था थिएन तर भारतीय समाज देख्दै रह्यो अमृता प्रितम र इमरोज स्वतन्त्र आकासमा स्वतन्त्र पक्षी झैँ उड्दै उड्दै गएका थिए ।

एक दिन इमरोजलाई बम्बईबाट एक मित्रको अनुरोध आएको कुरा अमृता प्रितमलाई बताए तब अमृताले प्रितमले यसै सन्दर्भलाई लिएर लेखेकी थिइन, “यही मुम्बई सहर हो जसले मेरो साहिरलाई खोसेको थियो । अब फेरि यही मुम्बई सहर दोस्रो पटक मेरो इमरोजलाई खोस्दै छ ।” सन् १९६४ मा आएर उनीहरू साथ रहने निर्णय गरे । जुन तत्कालीन समाजलाई चुनौती दिन काफी थियो । तर दुबैले त्यसलाई कुनै वास्ता नगरीकन दुबै एकसाथ रहेर नयाँ समाज निर्माणका लागि स्वतन्त्रताको नयाँ परिभाषा बनाएका थिए ।

अमृता प्रितमको साहित्यिक लेखन आपूmले व्यतित गरेका आप्mना जीवनका तिता मिठा अनुभवमा आधारित रहेको पाइन्छ । उनको यो अनुभवमा साहिरप्रतिको प्रेम र इमरोजसँगको मित्रताले भरिएको थियो । अमृता प्रितमको यी कविताका दुई पंक्तिले उनको पुरा जीवनको बयान गर्दछ । सय वर्षपछि पनि कुनै साहित्यकारको याद गरिन्छ ? यदि सय वर्ष पछि पनि सम्झना गरिन्छ भने यसका पछाडि के कारण हुन सक्छ ? सायद अमृता प्रितम र इमरोजको प्रेम एक जन्म एक जीवन र एक समयको लागि थिएन र पुरा पनि हुन सक्दैनथ्यो । त्यसैले अमृता प्रितमले जीवनको बिदाई हुँदै गर्दा इमरोजको नाममा मैं तैनु फिर मिलांगी अर्थात म तिमिलाई फेरि भट्ेने छु नामक कविता लेखेकी थिइन् ।
म तिमिलाई फेरि भेट्नेछु
थाह छैन, कहाँ अनि कसरी
सायद, तिम्रो कल्पनाको प्रेरणा बनेर ।
तिम्रो क्यानभासमा अवतरण गरेर
वा तिम्रो क्यानभासमा एउटा रहस्यमयी धर्को बनेर
चुपचाप म तिमीलाई हेरी रहुँला ।
म तिमिलाई फेरि भेट्नेछु
थाह छैन कहाँ अनि कसरी ।

अमृता प्रितम भारतीय साहित्यको विशाल फाँटको बिचमा रहेकी एउटा प्रख्यात लेखक, कथाकार र कवयित्रीको रूपमा चिनिएको हरियाली वृक्ष हो । जसको साहित्यिक शीतलताले आज साहित्यक मनहरूलाई उनको मृत्युको दुई दशकपछि पनि पुनः जोडिरहेको छ । उनको कर्मका विभिन्न आयमहरू भित्र जीवनका विशाल अनुभव र कथा समेटिएका छन् । सादगी भरि जीवन, अल्हडपन, प्रेमको लागि तडप, जिद्धीपन र कविताको माध्यमबाट प्रेमलाई नयाँ ढंगबाट परिभाषित गरेकी छिन् । यसैले उनले व्यक्तित्वलाई वास्तविक बनाएको देखिन्छ ।

अमृता प्रितमको साहित्य
भनिन्छ, कल्पना र संवेगद्वारा गरिएको जीवनको व्याख्या नै कविता हो । अमृता प्रितमले कल्पना र संवेगमा आधारित रहेर कविता लेखिन् र उनका कवितामा महान सपना रहेको पाइन्छ । जहाँ आकाश र धर्तीका सबै तत्वहरूको मिलन भएको देखिन्छ । उनको कवितामा मिठो, सुफियान स्वभाव रहेको देखिन्छ । अमृता प्रितमले आप्mनो जीवनको कथालाई महत्त्वपूर्ण मानवीय दर्दसँग परिचय गराएकी छिन् । उनले तत्कालीन भारत समाजसँग सम्बन्धित यथार्थ अनुभवलाई बढी सरलताका साथ प्रस्तुत गरेकी छिन् । उनको हरेक कथा र कविताको पात्रले फरक फरक ढंग र शैलीबाट महिलाहरूको समस्या र उनीहरूले भोग्नु परेको पीडालाई आप्mनो साहित्यमा वर्णन गरेकी छिन् । महिलाहरूप्रति समाजले हेर्ने नजरको प्रशस्त मात्रामा विरोधका स्वरहरू रहेका हुन्छन् । सबै कथा र कवितामा दर्द एउटै देखिन्छ तर हरेक कथा र कवितामा महिलाको उपस्थिति र प्रस्तुति भने फरक देखिन्छन् । जुन समयमा महिलाहरू घरबाट बाहिर निस्कनका लागि कठिन थियो त्यसबेला अमृता प्रितमले तत्कालीन भारतीय समाजको सामाजिक बन्धनलाई तोड्दै महिलाहरूका लागि एउटा नयाँ मार्गको खाका कोरेकी थिइन् । जहाँ स्वतन्त्रताका साथ महिलाहरू भयरहित वातावरणमा यात्रा गर्नका लागि अभिप्रेरित गरेको पाइन्छ । अमृता प्रितमले पञ्जावको दर्द र बर्बाद भएका हजारौं नारीहरूका कष्टहरूलाई नजिकबाट उठाएर ‘वारीस शाह’ नामक कविता प्रस्तुत गरेकी थिइन् । जुन कवितामा गुरु नानक, लेनिन वा स्टालिन हुनु पर्ने भन्दै धेरै पत्रपत्रिका र लेखकहरूले आलोचना गरेका थिए । इतिहासको दुर्भाग्य नै यही हो कि जबसम्म श्रष्टाहरू बाँचिरहन्छन् तब उनी र उनका रचनाहरूका विरुद्ध घोर आलोचना गरिन्छ ।

ठिक त्यसै गरी अमृता प्रितम यस संसारमा रहिन्जेल उनले विरोध र आलोचनाको बाणलाई मानसिक रूपमा वहन गर्नु प¥यो । तर जब उनको निधन भयो तब उनको प्रेम र रचनाले चर्चा र परिचर्चाको शिखरलाई चुम्यो । उनले महिलाहरूलाई केन्द्रमा राखेर धेरै कविता लेखेकी छिन् । यसरी उनलाई एउटा नारीवादी लेखिका वा कवयित्रीको रूपमा विश्वसमक्ष चिनाउँदा पनि अन्यथा नहोला । अमृता प्रितमका कथा र कवितामा प्रस्तुत शब्दहरूका बनोटले तत्कालीन समाजभित्र रहेको तडप, छटपटी र पुरानो बल्झेका घाउहरूबाट निस्केका दुखका रगतहरू छताछुल्ल भएर बगेको देखिन्छ । उनको प्रसिद्ध आत्मकथा रसिदी टिकट, पिन्जर उपन्यास, नागमणि काव्यसंग्रह, मै तुम्है फिर मिलुंगी काव्य संग्रह, एक मुट्ठी अक्षर कविता संग्रह गरी करीव सय भन्दा बढी पुस्तकहरू लेखेकी छिन् । उनले आप्mनो जीवनको अन्तिम क्षणसम्म कलम, कागज र आप्mना भावनाहरूको समिश्रण गरिरहिन् । उक्त भावनामा सदैव प्रेम र जिन्दगीका अनुभवहरू समेटिएका छन् । अमृता प्रितम त्यस्ती साहित्यकार मध्ये कि थिइन् जसको कृतिलाई विश्वका अनेक भाषामा अनुवाद गरिएको छ । आप्mनो जीवनका अन्तिम दिनहरूमा भारतको दोस्रो ठुलो सम्मान पद्म विभूषणका साथ कागजको क्यानभासको लागि सहित्य एकेडेमी पुरस्कारबाट सम्मानित गरिएको थियो । नेपाली साहित्यकार धुस्वाँ सायमीले अमृता प्रितमको बारेमा भनेका थिए, “जब म अमृता प्रितमको साहित्य पढ्दछु तब मलाई एक प्रकारको आनन्द प्राप्त हुनुको साथै हिन्दुस्तानसँग प्यार हुन्छ ।” सायद एउटा लेखकको लागि यहाँभन्दा ठुलो सम्मान के हुन सक्छ ? करिब ६ वर्षको उमेरमा विवाहको लागि संझौता, ११ वर्षको उमेरमा आमाको देहान्त र १६ वर्षको उमेरमा प्रितमसिँहसँग विवाहको औपचारिकता, केही वर्षपछि वैवाहिक जीवनको अन्त्य, आजीवन साहिरसँग उत्कृष्ट प्रेम र जीवनको अन्तिम क्षणसम्म पनि लगभग ५० वर्ष इमरोजसँगको साथभित्र नै अमृता प्रितमले आप्mना साहित्यिक कविता, कथा, उपन्यासहरू सृजना गरिन् । उनले जीवनका उकाली र ओरालीमा भोगेका आरोह र अवरोहका विकट रूप र सुन्दर तस्बिरलाई कुण्ठाको रूपमा लुकाएर राखिन् तर त्यसलाई साहित्यमार्फत उजागर गरिनन् । उनी पूर्णतः तत्कालीन भारतीय समाजको आकाशमा मडारिएको सङ्कीर्णताको कालो बादललाई घनघोर वर्षामा परिणत गरी स्वतन्त्र र निर्मल अम्बरको निर्माणमा जोड दिएकी थिइन् । उनले जीवनभर सोच्दै र लेख्दै रहिन् । मानवको अन्तर आत्माभित्र सुतेको ईश्वरलाई जगाउने क्रममा जीवनभर सोच्दै र लेख्दै गरिन् ।

इमरोज अमृता प्रितमका वास्तविकता हुन्, साहिर कल्पना मात्र हुन् र अमृता प्रितम सामाजिक बन्धन हुन् । यिनै प्रेमका त्रिकोणीय परिधिभित्र अमृता प्रितमले आप्mनो जीवनको वसन्तका ८६औं वर्षहरूको आरोह र अवरोहलाई स्वाभिमान र स्वतन्त्रापूर्वक बिताइन् । अमृता प्रितम आप्mनो जीवनको अन्तिम समय सम्म इमरोजसँग रहिन् । ३ अक्टोबर २००५ मा सदाको लागि यो वैश्विक भूमिलाई छोडेर गइन् । तर उनले भारतीय र विश्व साहित्यिक क्षेत्रमा कहिल्यै पनि नमेटिने साहित्यिक विरासत छाडेर गएकी छन् । जसलाई साहित्यप्रेमीहरूले सदियौँसम्म याद गरिरहनेछन् । संसारमा जब प्रेमको प्रसंग चल्छ, नारीवादको सन्दर्भ उठ्छ तब त्यहाँ गर्वका साथ अमृता प्रितमलाई नमन गरिन्छ ।
(विभिन्न स्रोतमा आधारित रहेर)

तपाईको प्रतिक्रिया