गण्डकीमा ८९६ मा संक्रमण, १९८ डिस्चार्ज
समाधान संवाददाता
२०७७ असार १४ गते १९:५५
पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त प्रतिवेदन अनुसार गोरखा जिल्ला, सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
नवलपुर जिल्लाका विभिन्न आइसोलेसन अस्पताल/केन्द्र बाट आइतबारसहित विभिन्न मितिमा थप २६ जना पुरुष डिस्चार्ज भएकाे निर्देशनालयले जनाएकाे छ ।
गण्डकी प्रदेशमा कोभिड – १९ संक्रमितको डिस्चार्ज संख्या १ सय ९८ पुगेको छ भने संक्रमणपछि २ पुरुषकाे मृत्यु भएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया