ट्राफिकको धम्कीः लाइसेन्समा प्वाल पारिदिऊ ?
कृष्ण राउत
समाधान न्यूज डटकममा प्रकाशित गणेशबहादुर थापाको ब्लग ‘पूर्णबहादुर प्रवृत्ति कहिलेसम्म आइजीसाप?’मा प्राप्त पाठक प्रतिक्रियाः
बडो भावुक भएर यो मर्मस्पर्शी लेख पढें । मैले संकल्प नै गरेको छु ।
बरु म १ महिना भोको पेट बस्न सक्छु तर, २ मिनेटका लागि गोलघर पस्न सक्तिनँ ।
कुरा १ वर्ष पहिलाको हो । म औषधि छोड्न सभागृहचोक नजिक १ औषधि पसलमा गएको थिएँ ।
बाइक साइडमा स्टार्ट बन्द नगरी ३० सेकेन्ड भित्र औषधि छोडेर फर्किएर बाइक अगाडि बढाउन के खोज्दै थिएँ ।
१ जना नजिकै रहेका ट्राफिकले रोके । उनले सोधे ‘ब्ल्यूबुक, लाइसेन्स छ ?’
मैले ‘छ साप’ भनें । त्यति भनेर हिँड्न खोजें ।
तर, उहाँले ‘कागजपत्र देखाउनुस्’ भन्नुभयो, देखाएँ ।
‘ल सबै ठिक रहेछ’ भनेर फिर्ता दिनुभयो ।
म हतारमा भएकोले फेरि बाइक अगाडि बढाउन खोजें ।
उहाँले फेरि रोक्नु भयो । र, भन्नुभयो ‘तपाइँलाई त कार्वाही गर्नुपर्ने हो क्यारे’ भनी फेरि कागजपत्र माग्नुभयो मैले दिएँ ।
अनि भन्नुभयो ‘कागजपत्र लिन गोलघर आनुहोला रसिद काट्नु पर्छ ।’
मैले सुनेको थिएँ रसिद काटे बापत ट्राफिकको खातामा केही प्रतिशत रकम जम्मा हुन्छ ।
सोही कुरा इंकित गर्दै मैले उहाँलाई ‘प्रतिशत पाउने लोभमा हामीलाई दुःख नदिनुहोस् न साब’ भनेको मात्र थिएँ ।
चिटमा केके लेख्नु भो, लेख्नु भो ।
म चिट बोकेर सरासर गोलघर गएँ ।
कार्यालय प्रमुखलाई भेट्न गएँ । प्रमुख त्यहाँ हुनुहुन्न थियो ।
१ जना हवल्दारले छुद्र वचनमा झपारे ।
म एउटै कुरा दोहोर्याउँदै थिएँ ‘प्रतिशतको खेलमा जनतालाई दुख दिनु त पाइएन नि ?’
हवल्दार झन् आक्रोसित भए र मेरो लाइसेन्समा प्वाल पारिदिने धम्की दिए ।
म पनि क्षेत्रीको छोरा उनको डरले भाग्ने कुरै भएन । ‘मैले मेरो गल्ती छ, भने ट्राफिक नियमको कडाभन्दा कडा कार्वाही भोग्न तयार छु । तर, तपाईंका यि मनगढन्ते नियम भोग्न तयार छैन्’ भने ।
उनी मलाई हातपात गर्न झम्टे तर त्यहाँका ट्राफिकले बिचैमा रोकिदिए ।
त्यसपछि १ जना समझदार तर अपरिचित असई साप आएर मलाई सम्झाउँदै भन्नुभयो । ‘सर तपाईं अहिले गइदिनुस् । भोलि १ कल फोन गरेर आउनुस् । म तपाईंको कागजपत्र दिन्छु’
मेरो गल्ती बिनाको तनाव लिएर भारी मनका साथ घर फर्कें ।
यस्तैयस्तै घटना हजारौं छन् । जहाँ ट्राफिक नियम होइन व्यक्ति विशेषको सनकी नियममा हामीले दुःख पाइरहेका हुन्छाैं ।
– पाठक प्रतिक्रिया
तपाईको प्रतिक्रिया