चेल्सी तेश्रो स्थानमा उक्लियो

एजेन्सी, लन्डन
उपाधीको होडबाट बाहिरिएको चेल्सीले मंगलबार प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई ३(२ ले हराउँदै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
लेस्टर सिटीलाई उछिनेर अगाडि बढ्ने क्रममा चेल्सीको शीर्ष चारमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना बलियो भएको छ ।
यो जितमा चेल्सीका लागि ओलिभर जिरोड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले गोल गरे । प्यालेसका तर्फबाट विलफ्रेड जाहा र क्रिस्टियन बेन्टेकेसले गोल गरे ।
जितसँगै चेल्सीको ६० अंक भएको छ भने चौथो स्थानमा झरेको लेस्टरको ५९ अंक छ ।
अर्को खेलमा लेस्टरले आर्सनलसँग १–१ को बराबरी खेल्यो । त्यसमा आर्सलनले पिएर एमरिक अबमेयाङको गोलले अग्रता लिएको थियो । खेल सकिनु ६ मिनेट अगाडि जेमी भार्डीले बराबरी गोल फर्काए । रेलिगेसन संघर्षको अर्को खेलमा वाटफोर्डले नर्विचलाई २–१ ले परजित गर्न सफल रह्यो ।









तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया