असारे याद

समाधान संवाददाता २०७७ असार २९ गते १९:५७

हसिना बस्नेत

प्राडा राजाराम सुवेदी ‘कास्की राज्यको इतिहास’ भन्ने पुस्तकमा लेख्छन् ‘प्राचीन कालदेखि कास्कीको अर्थव्यवस्था कुषि र पशुपालनमा आधारित थियो । मानिसको पहिलो लक्ष खाना बसोबास र पहिरन जुटाउने हुन्थ्यो ।जन्मेदेखि सबैले कृषि पेसा अपनाउने भएकाले आर्थिक विपन्नता थिएन ।’

यसबाट के प्रष्ट हुन्छ भने प्राचीन कालदेखि हामीले अपनाउँदै आएको यो पेसा देशमा भएको राजनीतिक परिवर्तनसँगै मानिसहरु खेतीपातीमा भन्दा अन्य पेसा व्यवसाय, बैदेशिक रोजगारमा लाग्दा परम्परागत खेती किसानी पेशा धरापमा परेको छ ।

Advertisement

किसानका सन्तान, त्यही अनुरुपको सामाजिकीकरण भएर होला किन किन असार लागेपछि मनमा भिन्नै उमंग पलाउँछ। नेपाली किसानका घरमा असार र मंसिर महिनाको विशेष महत्व छ ।

किसानी पेसा दुखी पेसा भन्ने धारणाले अन्ततः आफ्ना घरबारी बाँझै राखेर विदेशिने चलन दिनानुदिन रोकिएन । यही क्रमको बढोत्तरी हुँदा कृषि प्रधान देशबाट नेपाल रेमिट्यान्स प्रधान देश बन्न पुग्यो ।

Advertisement

बाल्यकालका स्मृतिका पोका खोतल्दा अनगिन्ति सम्झना पाइन्छन । जससँग अनेकौ अनुभव, किस्सा जोडिन्छन् ।पेसाले बुवा शिक्षक भए पनि आफ्नो खेतबारीमा सिजन अनुसारको खेतीपाती लगाइन्थ्यो ।

किसानका सन्तान, त्यही अनुरुपको सामाजिकीकरण भएर होला किन किन असार लागेपछि मनमा भिन्नै उमंग पलाउँछ। नेपाली किसानका घरमा असार र मंसिर महिनाको विशेष महत्व छ ।

असारमा स्कुल बिदा हुने, खेल्न पाइने, घरमा रोपाइँ पर्दा चाडबाड नै आए जस्तो हुने हुँदा असारको रौनक नै भिन्नै लाग्थ्यो । त्यतिबेला गोठाला जाँदा झरीमा घरी भिज्दै घरी पौडिँदै दिनभर पानीमा रुझ्दा कहिले रुघासम्म लाग्दैनथ्यो ।

हामी सानै छँदा हाम्रो गाउँ मात्र होइन आसपासका क्षेत्र पनि खाद्यान्नमा आत्मनिर्भर नै थिए । खेतीपाती, पशुपालन मुख्य पेसा थियो । अधियाँ खेती गर्नेलाई पनि कम्तीमा ६ महिनाका लागि खानाको जोहो आफ्नै घरमा हुन्थ्यो ।

सबैका घरमा टनाटन जहान हुन्थे । गाउँघर गुल्जार लाग्दथे । घरैपिच्छे जस्तो हल गोरु, त कसैका परेली बनाई खेती गर्थे ।अर्मपर्म, ऐंचोेपैंचो अन्त भन्दा बढी हुँदा परेली घरका नाता, अरुभन्दा भिन्दै नजिकको हुन्छ ।

एक डेढ महिनासम्म सँगसँगै काम गर्ने गराउने हुँदा अपनत्व महसुस हुन्थ्यो । चैते दसैंको बेला रामनवमीमा रुपातालको छेउतिर लाग्ने सिस्टयानीको बजारमा असारका लागि स्याखु, छत्री, कुटो, कोदालो, हलोको फाली, भकारी, डोकोनाम्लो, डाला, मान्द्रो, बर्खाका लागि लागि मसला आदि खोज्न मानिसहरु टाढा टाढाबाट आउँथे ।

मानिससँग मात्र होइन घरमा पालिएका वस्तुभाउसँग पनि उति नै आत्मियता गाँसिएको हुन्थ्यो । घरका मान्छेको आवाज सुनेपछि अलि टाढा चरेको भैसी, गाई नजिकै दौडेर आइपुग्थे ।

घरमा बढी भएका सरसामग्री बेचबिखन गर्ने चाहिएका सामान लिएर आउने यो एक किसिमको हाटबजार जस्तो तर अलि ठूलो मेला लाग्थ्यो । म पनि आमालाई पछ्याएर बरफ खान पाइने लोभमा १/२ पटक पुगेको सम्झना छ । लामो समय भयो यो बजार लाग्न छोडेको छ ।

कम्मरमा खुर्पेटो, काँधमा हलो र जुवा राखी गोरु धपाउँदै हली दाइहरु बेसी झर्दा बिहानको समयमाहाम्रो गाउँका गोरेटा, गल्लीको माहोल नै फेरिन्थ्यो ।

काखीमा स्याखु च्यापेर, थाप्लामा छत्री,कम्मरमानिलो पटुकी कसी, रातो मजेत्रो काँधमा हालेर जाली चप्पल पड्काउँदै गाउँमा सानीआमा, आमा, दिदीबहिनीहरु चिटिक्क परी हिँडेको देख्दा आफू कहिले तरुनी हुँला र त्यसैगरी मेला जान पाउँला भन्ने कल्पना गर्दैे हत्तर बोकेर पानी पँधेरो गरेको हिजै जस्तो लाग्दछ । काँधमा बाउसो बोकेर कर्के टोपीमा सजिएर फाँट झर्ने बाउसेको सान पनि अर्कै हुन्थ्यो ।

असार जोत्ने गोरुका लागि घाँसपराल, खोले अरु वस्तुभाउको भन्दा विशेष हुन्थ्यो। बाँझो जोत्ने बेला गोरुलाई लोकल कुखुराका अन्डा, पोषिलो कुँडो खोेले, दरिलो पेट आउने घाँसपरालको व्यवस्था गरिन्थ्यो ।

भोलिपल्ट बिहान गोरु राम्रोसँगअघाएका छैनन् भने हली दाइ आफैले घाँस परालको द¥हो मुठो खोजेर हालिदिन्थे । हामी केटाकेटी वरपरका छिमेकमा कसको गोरुका पेट टुनुक्क छन् भनेर बिहानैएक चक्कर लगाएर दाँज्न समेत भ्याउँथ्यौ ।

मानिससँग मात्र होइन घरमा पालिएका वस्तुभाउसँग पनि उति नै आत्मियता गाँसिएको हुन्थ्यो । घरका मान्छेको आवाज सुनेपछि अलि टाढा चरेको भैसी, गाई नजिकै दौडेर आइपुग्थे ।

त्यस्तै घाँसका बारेमा पनि कुन घाँस दरिलो, पोषिलो गाईभैसीलाई खुवाउँदा दूध बढी दिन्छ भन्ने बारे हामी केटाकेटीहरु समेत ठूलाका कुरा सुनेर चनाखो बन्थ्यौं ।

असारे झरी, दर्कने पानीमा रुझ्दै र भिज्दै बिहानमा घाँसका भारी ल्याएर दिउँसो मेलो धान्न जानु महिलाहरुका लागि बाध्यता हुन्थ्यो तापनि भिन्दै फुर्ति र ऊर्जाका साथ काम गरेको देखिन्थ्यो ।

खेताला जानुपर्ने भएकोले असारमा छोरी, बुहारीलाई नयाँ गम्छा (पछ्यौरा), फरिया हालिदिने गरिन्थ्यो । घरबाट टाढा टाढा गएका परिवारका सदस्यहरु पनि मिलेसम्म असारमा घर फर्किन्थे ।

‘मानो रोपेर मुरी फलाउने दिन’ असारमा बसेर हुन्छ, आफूले सकेको काम सघाउनु पर्ने हुनाले घरका केटाकेटी, बुढाबढी सबै हात खाली नराखी सकेको काम गरिन्थ्यो । अलि काम सघाउन सक्ने भएपछि मेलामा आमालाई कहिले खाजा त, कहिले मूलको पानी माटोको भुँड्कामा बोकेर ल्याउन सघाउँथे ।

गाउँभरि नै पर्म गरी पालै पालो रोपाइँ हुन्थ्यो । आफ्ना खेत हेरी कतै अलि धेरै हलगोरुले त कतै थोरै हल खेताला गरी रोपिन्थ्यो । रोपाइँका दिन खेतमा १०/१२जना रोपाहारले लहरै छुपुछुपु रोप्दा, ४/५ जोडी हल गोरु, बाउसेहरु देख्दा वातावरण नै उत्सवमय लाग्दथ्यो ।

रोपाइँका दिनबीच बीचमा ल्वाङ, सुपारी, चिया, चुरोट, चकलेट बाँडिन्थ्यो भने मिठो चोखो खाजापानीको व्यवस्थापन सबैका रोपाईका दिन गर्दथे। खुसीभई हर्ष र उमंगका साथ बालीनालीलगाउँदा धेरै फल्दछ, किरा लाग्दैन भन्ने विश्वास गरिन्थ्यो।

रोपाइँका दिन आफ्नो घरमा पाकेको खाजा छरछिमेक, आफन्तसमेतलाई पुग्ने गरी बनाउने चलन थियो ।पानी समेत नजिक छोडेर कुन मुलको चिसो, मिठो हुन्छ खोजी खोजी ल्याउने काममा एकजना खटिन्थे ।

नेपाली समाजमा पहिले पहिले परालको टौवा हेरेर छोरी दिने (घर छान्ने) गरिन्थ्यो भन्ने भनाइ यदाकदा अझै सुनिन्छ । यसले के केन्द्रित गर्दछ भने भकारी भरी धान, टौवामा पराल हुने भएपछि वर्षदिन सम्म पेट भर्न, जीवन यापनमा सहजता हुन्छ र आर्थिक हिसाबले सुरक्षित हुने भन्ने बुझिन्छ ।

कसका घरमा कति हलगोरु, खेतालाले रोपाइँ गरे, के खाजा खजिलो खुवाए यसले व्यक्तिको आर्थिक, सामाजिक प्रतिष्ठा झल्कन्थ्यो भने वर्षैभरी चिया दोकानमा गफका विषय समेत बन्दथे ।

हजुर आमा भन्नुहुन्थ्यो वैशाखे पूर्णिमामा ‘गौरी पूजा नगरी धानको बिउ राख्नु हुँदैन । बियाडे गह्रामा पानी बिउ राख्ने कि, धुले बिउ राख्ने खेत हेरेर तय गर्नु पर्दछ नत्र बिउ डढ्छ, नयाँ फल पाके पछि देवतालाई नचढाई खान हुँदैन खान नहतारियो, फेरि असारमा पानी पर्दैन ।’ उहाँको भनाइमा वर्षौदेखिको अनुभवको विश्वास झल्कन्थ्यो ।

एकदिन अलि सानै हुँदा आश्चर्य मिश्रित भावमा आमालाई सोधे ‘महिनाभर कस कसका रोपाइँहुन्छ, कहाँ मेलो जाने कसरी सम्झनु हुन्छ ?’ जवाफमा आमा भन्नु हुन्थ्यो ‘तिमीहरुले पढेर भोलि ठूलो मान्छे बनी कत्रो कत्रो काम गर्नुछ, हामीले जस्तो घामपानी सहेर काम गर्न तिमीहरुलाई नपरोस् त्यसैले पढनमा ध्यान देओ, यति याद गर्नु केही ठूलो होइन ।’

सायद उहाँलाई आफूले देखेको सपना छोराछोरीले पूरा गर्दिउन, किसानी पेसा दुखी छ भन्ने समाजले दिएको उपमाको प्रभाव थियो । बिउ रोप्न तयार भएपछि खेत रोप्नु १ दिन अगाडि दिनभर बिउ काढेर/उखेलेर मुठा पारी राखिन्थ्यो ।

विस्तारै विभिन्न कारणले अरु गाउँलेजस्तै हामी पनि गाउँ छाडेर बेसीतिर बसाई स¥यौं । खेतीपाती अधियाँ दिन थालियो । अहिले आएर आफैले माटो कोपरेको भूमि बिरानो लाग्न थालेको छ ।

दाँदे लगाइ साएर रोप्न ठिक्क पारेको खेतमा बिउका पूला पाँजेको दृष्य मनमोहक देखिन्थ्यो । गाउँमा सबैका खेत रोपिसकेपछि अर्थात्असार सकिइ सकेपछि गोरु नुहाइदिने, हिलो छोड्ने परम्परालाई मैजारो गर्ने भनिन्थ्यो ।

साउने सक्रान्तिमा हलीलाई खान बोलाउने, तेल, केही खाद्यान्न दिनेगरिन्थ्यो । रोपाइँ सकेको केही समयपछि धानका आलीमा लगाइने भट्टमास आदि कोसेबाली रोपिन्थ्यो ।

विस्तारै विभिन्न कारणले अरु गाउँलेजस्तै हामी पनि गाउँ छाडेर बेसीतिर बसाई स¥यौं । खेतीपाती अधियाँ दिन थालियो । अहिले आएर आफैले माटो कोपरेको भूमि बिरानो लाग्न थालेको छ ।

अन्न फल्ने खेत बारी बाँझिन थालेका छन् । केही वर्ष अघि गुल्जार लाग्ने गाउँ सुनसान छ । आफैले उब्जनी गरेर भकारी भरी धान, कोठाभरि कोदो, सुलीका सुली मकै भित्रयाएका दिनहरु कथा जस्तै लागेका छन् ।

सामाजिक, सांस्कृतिक पक्ष

धान नेपालीहरुको आधारभूत खाद्यवस्तु हो । हजारौ वर्षदेखि खेती गरिँदै आएको सबैभन्दा पुरानो बालीमध्य एक हो । जीवनचक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरुको प्रयोग र प्रचलन निकै लामो र समृद्ध परम्परा रही आएको छ । हाम्रो जीवन जीउने क्रममा जन्मेदेखि मृत्युसम्म धान चामलको विशेष महत्त्व छ ।

नेपालमा हिमालपारिका मनाङ, मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुने गर्दछ । पछिल्लो समय धान खेती हुने जमिनको क्षेत्रफल घटे पनि उत्पादन बढेको छ । रासायनिक मल, उन्नत जातको बिउ, जमिनको चक्लाबन्दी, ट्रयाक्टरको प्रयोग आदि कारक छन् ।

यस वर्ष ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मिठो नाराका साथ १७ औं राष्ट्रिय धान दिवस मनाइयो । नेपालको कतिपय स्थानमा अझै पनि धान खेती आकासे सिँचाइमा निर्भर छ । वर्षा राम्रो भएको वर्ष धान उत्पादन बढ्ने गरेकोे तथ्यांक छ ।

मानिसको सीप र कर्मले उसको भाग्य निर्धारण गर्दछ तसर्थ असारको महिना वास्तविक किसानका दुखसुख पिरमर्का साटासाट गर्ने अवसर समेत हो । असारे गीतका कारण पनि असारको महत्त्व छुट्टै थियो । कर्मका गीत गाइने हुँदा नेपाली किसानी जीवनका समग्र आयामहरु/पाटाहरु गीतमा समेटिएका हुन्थे ।

माइतीका पीडा, घरका कुरा, बाउसे र रोपाहारबीच खेलिने असारे भाकाका दोहोरीहरुमा कतै मनोरञ्जन त कतै गीत संगीत मार्फत बेदना पोखिन्थ्यो । हिलोको टीका र बिउको फूल सिउरेर हिलो खेल्दै रमाइलो वातावरणमा काम गर्दा असार बितेको पत्तै हुन्थेन ।

असार महिनामा पनि ‘असार१५’ को विशेष महत्त्व थियो, छ । यो दिन हिलो नटेके गति परिँदैन भनिन्छ । २०६१ साल असार १५ देखि सरकारले धान दिवसका रुपमा यो दिनलाई मनाउँदै आएको छ ।

अहिले ठूलो परिमाणमा धान बाहिरबाट आयात गरिन्छ ।पछिल्लो समय पोखरामा रोपाइँ महोत्सवमा विदेशी पर्यटक सहित भव्यसाथ मनाइँदै आए पनि कोरोनाका कारण यस वर्षको रोपाइँ महोत्सव बिना तामझाम भए ।

धान दिवस खासमा सबै परिवारका लागि वर्षभरिको खाद्यान्नको सुरक्षित गर्ने आर्थिक पर्व हो । वर्षभरि खाने अन्नको बचत घरमा हुँदा ढुक्क हुने अरु खर्च धान बेचेर धान्न सकिन्छ ।

धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतका अनुसार नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्त्व रहेको बताउँछन । २०५० सालसम्म नेपाल धान निर्यात गर्ने देश थियो ।

अहिले ठूलो परिमाणमा धान बाहिरबाट आयात गरिन्छ ।पछिल्लो समय पोखरामा रोपाइँ महोत्सवमा विदेशी पर्यटक सहित भव्यसाथ मनाइँदै आए पनि कोरोनाका कारण यस वर्षको रोपाइँ महोत्सव बिना तामझाम भए ।

रोपाइँका बेला खाइने खाजाको लागि धेरै अगाडिदेखि घरमा खट्टे भुटेर, चिउरा कुटेर राखिन्थ्यो । त्यस्तै घिउ हालेर बनाइने पुवा, लट्टे, असार १५ को दिन रोपाइँ परे सेलरोटी नै बनाउने चलन थियो ।

असारमा दही चिउरापनि खाइन्छ । हिलो मैलोले शरीर थाक्ने हुँदा दही चिउराले ऊर्जा प्राप्त भइ शक्ति प्रदान गर्दछ भन्ने भनाइ छ । कुनै घरमा बिहे भएको वर्ष छ भने असारसम्म कसार राखेर बाँड्ने चलन पोखरा वरपर अहिले पनि छ । दिदीको बिहे मंसिरमा भयो । ठूलीआमाले कसार असारसम्म जतन गरी राखेर रोपाइँका दिन बाँड्नु भयो ।

पोखरा वरपरका क्षेत्रमाअहिले पनि चैते, वर्षे र घैया धान खेती गरिन्छ । जेठोबुढो,पहेंले, मधेशी, मन्सुली, अनदी, जर्नेली, झौरी, राधा सात, गुर्दी आदि रैथाने जात हुन्।आजभोलिकतिपय रैथाने जातहरु लोप हुने अवस्थामा पुगेका छन्।

रैथाने जातको धानको स्थान हाइब्रिड बिउले लिएको छ । कुन धान कहिले पाक्छ, पराल कति लामो छोटो, खस्रो मसिनो हुन्छ यस्ता कुराहरु विचार गरी पानी हुने र नहुने खेतमा लगाइने जात भिन्दाभिन्दै हुन्थे ।

आजभोलि वर्षाको पानीको भरमा मात्र लगाइने रैथाने कतिपय जातहरु लोप हुने अवस्थामा पुगेका छन् । रुपाताल वरपरका पानी कम हुने ठाउँमा अझै पनि झौरी धान रोप्ने गरिन्छ ।

जेठोबुढो धान पोखरामा मात्र पाइने स्थानीय जात हो । पहिले रुपाताल, वेगनास ताल वरपरका खेतमा पहेले धान फलाइन्थ्यो, आजभोली पहेलेको स्थान जेठोबुढोले लिएको छ ।

सबैभन्दा पछि आकासे पानीको भरमा पानी नहुने खेतमा समेत फल्ने यो जात छिटै पाक्ने हुनालेअघिल्लो वर्षको खाद्यान्न सकिए पनि खानको लागि सहज हुने, पराल पनि मसिनो हुने हुँदा गाइवस्तुले मन पराउने भएकोले यसको महत्त्व अर्कै छ ।

टारी खेतमा गुर्दी, कालो धान, राधा सात लगाइन्थ्यो भने बारीमा पानी नै नभएको ठाउँमा घैया धान छर्ने गरिन्थ्यो । चैते धान पानी हुने ठाउँमा मात्र लगाइन्छ ।

जेठोबुढो धान पोखरामा मात्र पाइने स्थानीय जात हो । पहिले रुपाताल, वेगनास ताल वरपरका खेतमा पहेले धान फलाइन्थ्यो, आजभोली पहेलेको स्थान जेठोबुढोले लिएको छ ।

थोरै फल्ने, पराल मसिनो हुने हुँदा चाडबाडमा खाने धानमा पहेँले, जेठोबुढो पर्दछ । आजभोलि यस्ता धानको चामललाई बाहिरबाट आउने बास्मती चामलले विस्थापित गरिदिएको छ । यसप्रकार नेपाली समाजमा खेतबारीमा लगाउने धानले, पकाउने खानाले वर्ग निर्धारण गर्दछ ।

असारे रोपाइँमा समाजमा रहेका विभेद,पितृसत्ताको प्रभाव झल्किन्थ्यो । मेलामा हली बाउसेको महत्त्व खेताली/रोपाहारको भन्दा बढी आँकलन गरिन्थ्यो ।

ज्याला खेतालीलाई भन्दा डबल हुने गर्दथ्यो भने कहिलेकाही कसैकसैको रोपाइँमा खाजा पनि हली बाउसेको र खेतालालाई भिन्नै दिइन्थ्यो । यसको कारण रोपाहारको शारीरिक श्रम हली बाउसे भन्दा कम हुने बताइन्थ्यो ।

कथित तल्ला जातका माथिल्ला जातका मानिसहरु खेती, मेलापात अर्मपर्म सँगसँगै गर्थे । तर दलितका घरमा आफ्नै रोपाइँ हुँदा खाजा बनाउन माथिल्ला जातको भान्सेको वर्चस्व देखिन्थ्यो । मेलापातमा पसिना साटासाट हुने, रक्सी चलाउने तर पानी नचल्ने ढोंगी प्रवृत्ति विद्यमान छ । अझै पनि हाम्रो समाजमा यस्ता उदाहरणहरु व्यापक रुपमा देखिन्छ ।

बदलिएको रोपाइँः

पछिल्लो तथ्यांक अनुसार देशमा प्रत्येक वर्ष खेत घटिरहेको छ । वैदेशिक रोजगार, देशमै पनि काम र मामका लागि सहर पस्नु पर्ने वाध्यताका कारण गाउँका बारी र टारीमा काँस फुलेका छन् ।

पाखो जग्गाको संरक्षण नहुँदा वर्षै पिच्छे बगाएर लगेको छ । खेतीयोग्य जमिन दिन प्रतिदिन घरघडेरीका रुपमा परिणत भएको छ । आजको पुस्तालाई धान रोपेको हेर्न रोपाइँ महोत्सव जानु पर्ने बाध्यता भएको छ ।

पोखरा वरपर धान रोप्ने खेत बिरुवा, कुँडहरको फाँट, मालमुलका फाँट आदि घरले भरिन थालेका छन् । धान रोप्ने भनेको हिलो खेल्ने महोत्सव हो कि भन्ने लागेको छ अहिले सहरमा केटाकेटीलाई ।

अहिले सहरमा मात्र होइन गाउँघरमा पनि गोरु पाल्न छोडिसकेका छन । पानी उपलब्धता हुने ठाउँमा ट्रयाक्टरको सहायताबाट आफ्नो समय अनुकुल धेरै हल खेताला लगाएर रोप्ने मेलो केही घण्टामै तयार पारिन्छ ।

पहिले जस्तो भलपानी छोपेर उही दिन मेलो सक्नै पर्ने वाध्यता हँुदैन, बिहान बेलुका, दिउँसो समय मिलाएररोपाहार खोजेर रोपिन्छ । शारीरिकश्रमका लागि कम मान्छे लाग्दछन ।

गोरु पाल्ने घर त बिरलै मात्र देख्न पाइन्छ । रोपाइँको रौनक कम भएर गइसकेको छ ।संयुक्त परिवारबाट एकल परिवारमा बस्न थालिसकेपछि धान खेत टुक्रिएका छन् ।खाजा, खानाको स्वरुप पनि बदलिएका छन्, गाउँघरमा खेती गर्नका लागि खेताला पाउन गा¥हो छ । विभिन्न कारणले मानिसहरु खेती किसानी पेसाबाट विस्थापित भएका छन् ।

कोरोना कहरका कारण लाखौं युवाहरु विदेशबाट फर्केका छन् भने सहरमा २/४ पैसा लगानी गरेर जीवन धान्न नसक्नेहरु समेत टिक्न नसकेर धमाधम गाउँ फर्केर खेती किसानी गर्न जुटेका छन ।

असारमा गाइने असारे गीत सुन्न, हेर्न आजभोलि युटयुब नै खोल्नुपर्दछ । यस्ता गीत र संगीतहरुको संरक्षण गरिनु पर्दछ । अबको पुस्तालाई हाम्रा सांस्कृतिक चाडपर्व, खाजा खाना, हाम्रो पहिचान चिनाउन आवश्यक छ ।

हाम्रा स्थानीय सीप, साधन, स्रोत र ज्ञानको संरक्षण गर्न जरुरी छ । हाम्रो इतिहास, मौलिकता, हामीले बाँचेको समाज र विविधताका बारेमा सिकाउनु, जानकारी गराउनु पर्दछ अन्यथा अबको पुस्ताले दूध कहाँबाट आउँछभन्दा पोकोबाट, धान कहाँ फल्छ भन्दा बोरामा भन्न बेर लाग्दैन ।

कोरोना कहरका कारण लाखौं युवाहरु विदेशबाट फर्केका छन् भने सहरमा २/४ पैसा लगानी गरेर जीवन धान्न नसक्नेहरु समेत टिक्न नसकेर धमाधम गाउँ फर्केर खेती किसानी गर्न जुटेका छन ।

वर्षौदेखि बाँझिएका खेतबारी कोतरिएका छन् ।कृषिप्रधान देश नेपालमा असार महिनाको महत्त्व विशेष रहेको छ ।‘हरेक कालो बादलमा चाँदीको घेरा लुकेको हुन्छ ।’ महामारी सधै यस्तै रहदैन यस पछि देशले पक्कै नयाँ दिशा लिनेछ ।

तपाईको प्रतिक्रिया