बेगनास क्लब अध्यक्ष रानाभाट लागु औषधसहित पक्राउ
समाधान संवाददाता
२०७७ साउन २९ गते १९:४१

समाधान संवाददाता, पोखरा
बेगनास युवा क्लब पोखराका अध्यक्ष राम रानाभाट लागु औषधसहित पक्राउ परेका छन् ।
रौतहटको चन्द्रनिगाहपुर (चपुर) इलाका प्रहरी कार्यालयको टोलीले साउन २४ गते सोही इलाकाबाट उनलाई पक्राउ गरेको हो ।
३९ वर्षीय रानाभाट र अन्य २ युवा लागु औषधसहित पक्राउ परेको चपुर इलाका प्रहरी कार्यालयका डिएसपीले समाधानलाई जानकारी दिए ।
रानाभाटसहित पक्राउ पर्नेमा तनहुँ दुलेगौंडाका २८ वर्षीय महम्मद मुर्तुजा र बाराका २२ वर्षीय लालुदिन मियाँ खान छन् ।
उनीहरुले प्रयोग गरेको इको स्पोर्टस गाडीमा जाँच गर्दा काेरेक्स नामक लागु औषध फेला परेको रौतहटका एसपी रवि खड्काले बताए ।
उनीहरु तीनै जनाको १ हप्ताको म्याद थपेर अनसन्धान भइरहेको डिएसपीले बताए । ‘उनीहरु लागु औषध प्रयोगकर्ता हुन् कि कारोबारी अनुसन्धान हुँदैछ,’ उनले भने ।
सम्बन्धित







प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
अर्जुनचौपारी पोखरा समाजको अध्यक्षमा काफ्ले निर्वाचित
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया