वीरगञ्जका बैंकरलाई ठग्ने पोखरेली युवा प्रहरी फन्दामा

समाधान संवाददाता, पोखरा
वीरगञ्जको १ बैंकमा कार्यरत कर्मचारीलाई आफूभन्दा सिनियरको फेसबुक आइडिबाट म्यासेज गयो ।
म्यासेजमा आफूभन्दा सिनियरले ‘अप्ठ्यारोमा परेको छु’ भनेर इसेवामार्फत रकम पठाइदिन आग्रह गरे ।
आग्रह स्वीकार्दै मेसेजमा उल्लेख गरेको इसेवा एकाउन्टमा ती कर्मचारीले १ लाख रुपैयाँ जम्मा गराइदिए ।
रकम पठाएपछि मात्र उनलाई थाहा भयो कि आफू ठगिएको । रकम पठाइदिन आग्रह गर्ने उनका सिनियर कर्मचारी नभई अन्य कोहीले फेसबुकमा फेक आइडी बनाएर ठगी गरेको थियो ।
वीरगञ्जका बैंकरलाई ठग्ने पोखरा ३ नदीपुरका २१ वर्षीय रोशन हमाल ठकुरी थिए ।
ठकुरीविरुद्ध जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नदीपुरबाटै साउन २६ गते पक्राउ गरेको छ ।
‘फेसबुकमा फेक आइडी बनाएर विश्वासमा पारेर उसले ठगी गरेको खुलेको छ,’ प्रहरी प्रवक्ता सुवास हमालले भने, ‘पक्राउ गरी ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा ७ दिन म्याद थपेका छौं ।’
ठकुरीले नजिकका आफन्त र साथीभाइलाई पनि उस्तै किसिमले ठगेको अनुमान प्रहरीको छ । उनीबाट ठगिएको भए सम्पर्क गर्न कास्की प्रहरीको अनुरोध छ ।
ठकुरी विद्यार्थी हुन् । यसअघि पनि उनले विभिन्न मुद्दामा कारवाही भोगिसकेका छन् ।
विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा ९ महिना थुनामा बसेका थिए ।
सार्वजनिक अपराध मुद्दामा भने कास्की प्रशासनमा ५ हजार धरौटी तिरी छुटेको अभिलेख प्रहरीसँग छ ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया