च्याम्पियन्स लिगको फाइनलमा पिएसजी
एजेन्सी
विश्वचर्चित खेलाडीहरु नेयमार र एम्वाप्पेकाे दवदवा रहेकाे फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
लिस्बोनमा मंगलबार राति भएको सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३–० ले पराजित गरी पिएसजीले फाइनल यात्रा तय गरेको हो । तर यी तिनै गाेल भने यी दुई खेलाडी बाहेकका अन्यले गरे । मतलब नेयमार र एम्बाप्पेले गाेल गर्न सकेनन् ।
पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा थप एक गोल गरेको हो । पिएसजीका लागि १३ औँ मिनेटमा माक्र्विन्होस, ४२ औँ मिनेटमा एन्जल डी मारिया तथा ५६ औँ मिनेटमा ख्वान बेर्नाटले गोल गरेका हुन् ।
पिएसजीले उपाधिका लागि बार्यन म्युनिख वा लियोनसँग प्रतिस्पर्धा गर्ने छन् । बार्यन म्युनिख र लियोनबिचको सेमिफाइनल खेल बुधबार राति हुँदैछ ।
मंगलबार रातिको खेलमा पिएसजीलाई जिताउन नेइमारको भूमिका महत्वपूर्ण रह्यो । उनले गोल नगरे पनि गोलका लागि अवसर सिर्जना गरे । डी मारियाको गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।
तपाईको प्रतिक्रिया