प्रश्रितले पद्मश्री साधना सम्मान नलिने

समाधान संवाददाता
साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान लिन अस्विकार गरेका छन् ।
खेम हरिकला समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्यमीश्री सम्मान प्रश्रितलाई दिने निर्णय गरेको थियो । तर प्रश्रितले सोमबार बिज्ञप्ति जारी गर्दै सम्मान नलिने जनाएका हुन् ।
प्रश्रितले विज्ञप्ति जारी गर्दै आफूलाई सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दै सम्मान नलिने स्पष्ट पारेका छन् ।
‘खेम हरिकला समाज कल्याण परिषदले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु’, विज्ञप्तिमा प्रश्रितले भनेका छन्, ‘यो समाचार प्रकाशित भएपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्र्दभमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु ।’
प्रतिष्ठानले सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई पद्यमश्री साहित्य पुरस्कार दिने निर्णय गरेको थियो ।
उप्रेतीले आइतबार यौन हिंसाको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार ग्रहण नैतिकताले नदिने विमति राखेका थिए । शारदा भुषालले ‘धरातल’ पुस्तकमार्फत् प्रश्रितलाई लगाएको यौनहिंसाको आरोप कायमै रहेकाले आफूले उनीसँग पुरस्कार लिन अस्विकार गरेको डा उप्रेतीले बताए ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि रु ३ लाख रुपैयाँ रहेको छ ।







आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया