घरबाट बिहानै निस्किएका पोखराका टेकनाथ मृत भेटिए

समाधान संवाददाता २०७७ असोज १६ गते १७:३३
प्रतिकात्मक चिन्ह

समाधान संवाददाता, पोखरा

पोखरा १९ का १ वृद्ध मृत फेला परेका छन् । सिम्लाथर रैकरका ७० वर्षका टेकनाथ पौडेल शुक्रबार बिहान मर्दी खोला दोभानको पुल नजिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

घरबाट ४ बजे बाहिर निस्किएका पौडेल २ किमी टाढा पुलमा भेटिएका हुन् । आफ्नो चप्पल, टोपी पुल माथि राखेकाले उनले आत्महत्या गरेको अनुमान छ ।

Advertisement

‘६ बजे जानकारी पाएर खोज्न गयाैँ, चप्पल र टोपी पुल माथि थियो, आत्महत्या गरेको अनुमान छ,’ हमालले भने । प्रारम्भिक अनुसन्धानबाट उनी डिप्रेसनको बिरामी भएको खुलेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया