नेलम्बोको प्रहरी लक्षित स्वास्थ्य शिविर

समाधान संवाददाता २०७७ असोज २६ गते ८:२१

समाधान संवाददाता, पोखरा

नेलम्बो नेपालले शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

शिविरमा १ सय ३० जना प्रहरीको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको छ ।

Advertisement

गण्डकी मेडिकल कलेजमा कार्यरत डा.रोशनी वास्ताकोटी, डा.सौदा थापामगर, नर्सहरु रुपा पुन, अञ्जली गुरुङ लगायत नेलम्बो नेपालको टिम चेकजाँचका लागिशिविरमा खटिएको थियो।

कास्की प्रहरी प्रमुख, प्रहरी उपनिरीक्षक जीवनकुमार श्रेष्ठले नेलम्बो नेपाललेस्वास्थ्य सावधानी अपनाएर शिविर सञ्चालन गरेकोमा खुसी व्यक्त गरे।नेलम्बोले कोभिड १९ महामारीको समयमा पटक पटक गरेको सहयोगप्रति जिल्ला प्रहरी कार्यालय ऋणी रहेको पनि बताए ।

Advertisement

संस्थाका अध्यक्ष एकदेव देवकोटाले जहाँ विपति त्यहाँ नेलम्बो पुग्ने गरेको भन्दै हरेक प्रकारका महामारी तथा चुनौतीमा सुरक्षा व्यवस्थापन गर्न अग्रपंतिमा खटिनेसुरक्षाकर्मीको मनोवल उच्चराख्न शिविर सञ्चालन गरिएको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया