कास्की प्रशासनले भन्यो – घरपरिवारमै चाड मनाउनू, देउसीभैलो नखेल्नू
समाधान संवाददाता, पोखरा
जिल्ला प्रशासन कार्यालय कास्कीले देउसीभैलो लगायतका मनोरन्जनात्मक कार्यक्रम गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सोमबार सूचना निकालेर कोरोना संक्रमण फैलने जोखिम उच्च भएकाले देउसीभैलोसहति अन्य भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेका छन्।
कोरोना भाइरसको जोखिम कास्कीमा समेत दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा तिहार, छठजस्ता नेपालीको चाडपर्वको समयमा हुने अधिक आवागमन र भीडभाडजन्य गतिविधिले संक्रमणको जोखिम थप जटिल हुने सूचनामा उल्लेख छ ।
चाडपर्व मनाउँदा आफू रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मनाउन, जिल्लाभित्र कुनै पनि प्रकारका मेला, महोत्सव तथा व्यापारिक केन्द्रमा भीडभाड नगर्न र स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न गराउन प्रशासनले आग्रह गरेको छ।
सूचनामा पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।









इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया