बार्सिलाेना फेरि पराजित

समाधान संवाददाता २०७७ मंसिर ७ गते ८:१३

एजेन्सी

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मिड्रिडले बार्सिलोनालाई १–० ले पराजित गरेको हो ।

एथ्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो ।

Advertisement

दोस्रो हाफमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके घुँडामा चोट लागेका कारण मैदानबाट बाहिर निस्कन बाध्य भए । उनको चोटको अवस्था यकिन रुपमा थाहा भएको छैन । तर उनी अधिकतम ६ महिना मैदान बाहिर हुन सक्ने स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

हारपछि १० औँ स्थानको बार्सिलोनाको ८ खेलबाट मात्रै ११ अंक छ । उ शीर्ष र दोस्रो स्थानका रियल सोसिडाड र एथ्लेटिको मड्रिड भन्दा ९ अंकले पछि रहेको छ ।

Advertisement

शनिबार राति नै भएको खेलमा चौथो स्थानको रियल मड्रिड तेस्रो स्थानको भिल्लारियलसँग १–१ को बराबरीमा रोकियो ।

अरु खेलमा लेभान्टे र एल्चीले १–१ को बराबरी खेले भने सेभिल्लाले सेल्टा डी भिगोलाई ४–२ ले पराजित गरेको छ ।

फाइल फाेटाे ।

तपाईको प्रतिक्रिया