त्रिभुवन शान्ति र अमरसिंह मावि विजयी

समाधान संवाददाता २०८१ वैशाख १७ गते १२:३७

पोखरा ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरीय टी २० छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलमा त्रिभुवन शान्ति मावि र अमरसिंह मावि विजयी भएका छन् ।


पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको सिर्जनाले पूरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको बलिङमा स्वीकृति गुरुङले २ विकेट लिइन् ।


१ सय ३ लक्ष्य पाएको त्रिभुवनले १४.४ ओभरमा ६ विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्‍यो । त्रिभुवनका अमिसा सुनारले अभिजित १३ तथा त्रिशना विकले १० रन बनाए । उसले पनि ६५ अतिरिक्त रन पाएको थियो ।

Advertisement

सिर्जनाका बलरहरु दीपिका चौधरी, सुस्मिता पौडेल र सुस्मिता मगरले समान १ विकेट लिए । खेलमा सिर्जनाकी स्वीकृति गुरुङ साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । उनलाई आयोजक समितिका अध्यक्ष दीपकबहादुर गोदारले पुरस्कृत गरे ।


आइतबारको अर्को खेलमा अमरसिंहले बाराही माविलाई ५ विकेटले हरायो । पहिला ब्याटिङ गरेको बाराहीले पूरा २० ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन बनायो । बाराहीकी सुगिता कुमालले १० रन जोडिन् । अमरसिंहको बलिङमा चन्द्रमाया बराल र सुस्मिता विष्टले समान २ विकेट लिए ।

Advertisement

प्रत्युत्तरमा अम्मरसिंहले १५.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्‍यो । अमरसिंहका लागि ३७ रन बनाएकी चन्द्रमाया साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । सुस्मिता विष्टले टिमका लागि २९ रन जोडेकी थिइन् । बाराहीकी कुसुम राईले २ विकेट लिएकी थिइन् ।

तपाईको प्रतिक्रिया