तनहुँमा बालिका बलात्कारको आरोपमा १ पक्राउ

समाधान संवाददाता २०७७ मंसिर २८ गते ९:५८

समाधान संवाददाता, पोखरा

तनहुँमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

शुक्लागण्डकी नगरपालिका १२ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ४३ वर्षीय केशबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए । घटना २२ मंसिरको हो ।

Advertisement

‘परिवारले दिएको जाहेरीका आधारमा पक्राउ गरेका छौं, अनुसन्धान कै विषय हो,’ उनलेभने ।

प्रहरीका अनुसार गुरुङले बालिकामाथि नल काट्न गएका बेला जबरजस्ती गरेका थिए ।

Advertisement

आरोपी गुरुङ बालिकाको घरमा निरन्तर गइरहने र बालिकाको बुबासँग राम्रो सम्बन्ध रहेको उनका छिमेकीले बताए ।

तपाईको प्रतिक्रिया