पोयुसाँपमा मोती

समाधान संवाददाता २०७७ पुष ५ गते १२:०७

समाधान संवाददाता, पोखरा

पोखरेली युवा साँस्कृतिक परिवार(पोयुसाँप)को ४० औँ साधारणसभा तथा अधिवेसनले मोती भुजेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिव डा. चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सह सचिवमा शिव त्रिपाठी, साहित्य संयोजक रीता अधिकारी, संगीत संयोजक एमडी काफ्ले र कला संयोजक हेमकान्ती गुरुङ छन् ।

Advertisement

सदस्यमा तीर्थ गुरुङ, प्रकाश आचार्य, सुदर्शन पौडेल, दीपेन्द्र थापा र लिली अधिकारी छन् ।

कार्यक्रममा प्रज्ञा परिषद सदस्य बुद्घि गुरुङले पोयुसाँपले पोखराले ब्रान्डिङ गर्नुपर्ने बताए । पोयुसाँपले खुला आकाश खुला अभिव्यक्ति (२०३७), ग्रामीण चित्रकला यात्रा २०४२ सालमा गोरखाको मनकामना मन्दिरबाट सुरु गरेको सम्झिए ।

Advertisement

कवि तीर्थ श्रेष्ठले ४३ वर्षसम्म अनवरत चलेको पोखरेली युवा साँस्कृतिक परिवार पहिलो संस्था भएको दाबी गरे । उनले भने, ‘गण्डकी सहित्य महोत्सव, अम्बर गुरुङ संगीत पुरस्कार स्थापना गर्न सहकार्यको खाँचो छ ।’

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, प्रकाश घिमिरे, सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेल, प्रकाश ज्ञवाली, जीवनसागर भण्डारी लगायतले बोलेका थिए ।

सभामा सचिव अर्जुन अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोती भुजेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया