कृषि विकास बैंकको वार्षिकोत्सव

समाधान संवाददाता २०७७ माघ ८ गते १२:१५

समाधान संवाददाता, पोखरा

कृषि विकास बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय पोखराले ५४ औं वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमका बैंकको पोखराका मुख्य शाखा प्रबन्धक माघव रिजालले बंैंकको स्थापना नेपाल सरकारको विशेष ऐन कृषि विकास बैंक ऐन २०२४ अन्र्तगत नेपालमा कृषि क्षेत्रको विकासका लागि भएको बताए । यो बैंक २०२४ साल माघ ७ गते स्थापना भएको थियो ।

Advertisement

रिजालले विभिन्न आरोह अवरोहको सामना अहिले गौरवमय अवस्थामा बैंक आइपुगेको उल्लेख गरे ।

बैंकका प्रदेश निर्देशक रघुनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक कर्मचारी संगठन गण्डकी प्रदेश समिति संयोजक भेषराज घिमिरे र नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश समिति अध्यक्ष वद्रीनारायण पौडेलले बैंकले कर्मचारीको हकहितका योजनावद्ध प्रयास गर्नुपर्ने बताए ।

Advertisement

वार्षिकोत्सवमा बैंकमा २५ वर्ष सेवा गरेका १० जना र २० वर्ष सेवा गरेका २९ गरी जम्मा ३९ कर्मचारीलाई सम्मान गरियो । बैंकका प्रदेश निर्देशक न्यौपानेले समग्र बैंकिङ प्रणालीबारे चर्चा गर्दैअहिलेको कृषि विकास बैंकको आवस्थाबारे प्रकाश पारे ।

कार्यक्रममा गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेलले पनि बोलेका थिए ।

वार्षिकोत्सवको अवसरमा बैंकमा क्रियाशील २ युनियनले विन्ध्यावासिनी मन्दिरमा वाटर डिस्पेन्सर प्रदान गरेका छन् ।

मन्दिरमा दर्शनार्थीको सुविधाका लागि खानेपानी फिल्टर गर्ने मेसिन विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

बैंकले आयोजना गरेको खुला रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी,रक्त संचार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा खुला रक्तदान भएको हो ।

तपाईको प्रतिक्रिया