पोखराका परियारले पाए बजाजको १ लाख

समाधान संवाददाता २०७७ चैत १२ गते १९:५७

समाधान संवाददाता

पोखरा १५ का नारायण परियार नयाँ वर्षको बजाज ० (शून्य) अफरमा १ लाख रुपैयाँको विजेता भएका छन् । चैत १२ गते डिस्कभर १२५ सिसीको मोटरसाइकल किन्दा परियार १ लाख रुपैयाँ उपहार जित्ने भाग्यमानी विजेता बनेका हुन् ।

हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका रिजनल अफिसर सञ्जीव खनालले परियारलाई मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

Advertisement

पोखराको बजाज डिलर इच्छाशक्ति अटोमोबाइल्स प्रालिका प्रबन्धक भगवान बिजुक्छेले परियारलाई १ लाख रुपैयाँ नगद हस्तान्तरण गरी बधाईसमेत ज्ञापन गरे ।

बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकका लागि बजाज शून्य अफर ल्याएको हो । यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक सोरुम वा बिक्रेताबाट किन्नुपर्छ ।

Advertisement

योजना अनुसार बजाजका कुनै पनि बाइक किन्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्छन् ।

यो अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार रुपैयाँ निश्चितरुपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया