सहाराले पहिलो खेलमा एपिएफसँग खेल्ने

समाधान संंवाददाता, पोखरा
आहा रारा गोल्डकपको पहिलो खेलमा आयोजक सहारा र सशस्त्र प्रहरी बलको एपिएफ भिड्ने भएका छन् ।
२१ गतेबाट सुरु हुन लागेको प्रतियोगिताको यो खेल पहिलो क्वाटरफाइनल रहनेछ ।
दोश्रो खेलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन खेल्नेछन् ।
तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मरस्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने आयोजकले जनाएको छ ।
चैत २१ देखि २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा १ करोड २९ लाख १ हजार आम्दानी र १ करोड १ लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।
यस्तै सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेख रिजाललाई सम्मान गर्ने भएको छ । सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट रिजाललाई सम्मान गर्न लागेको हो ।
पुरस्कारको राशी नगद ३५ हजार र दोसल्ला सहित सम्मान गरिन लागेको सहाराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।
सहाराले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । अघिल्लो वर्ष राष्ट्रिय टोलिका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया