उपल्लो मुस्ताङका चौरी किसान पनि करको दायरा

समाधान संवाददाता २०७७ चैत ३१ गते १६:२०

सुन्दरकुमार थकाली, जोमसोम ।

भौगोलिक रुपले विकट उपल्लो मुस्ताङमा पहिलोपटक ‘कर शिविर’ भएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पहलमा आन्तरिक राजस्व कार्यालय बागलुङले मुस्ताङमा कर शिविर सञ्चालन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत जनकराज शर्मासहित ५ जनाको टोलीले शनिबार र आइतबार उपल्लो मुस्ताङको चराङ र तल्लो मुस्ताङको जोमसोममा एक÷एक दिने कर शिविर आयोजना गरेको थियो । हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा पहिलोपटक कर शिविर सञ्चालन गरिएको हो ।

Advertisement

दुर्गममा बस्ने सो क्षेत्रका स्थानीय व्यवसायी तथा उद्योगीको मागका आधारमा लोघेकर दामोदरकुण्ड गापाले कर शिविर राख्न पहल गरेको हो ।

उपल्लो मुस्ताङका उद्योगी तथा व्यवसायीहरु यसअघि आन्तरिक राजस्व कार्यालय बागलुङ पुगेर स्थायी लेखा र पान नम्बर लिन सम्बन्धित व्यक्ति÷व्यवसायीले अनेकौं दुःख र आर्थिक व्ययभार व्यवहोर्न बाध्य थिए । स्थानीय स्तरमा सेवा दिँदा सेवाग्राहीको समय बचत र खर्चसमेत नहुने भएकाले आन्तरिक राजस्व कार्यालयले अनुकुल समय मिलाएर मुस्ताङमा कर शिविर आयोजना गरेको प्रमुख कर अधिकृत जनकराज शर्माले जानकारी दिए ।

Advertisement

शर्माका अनुसार राजस्व कार्यालयले स्थानीयको घरदैलोमै पुगेर शिविरबाटै करको दायरामा ल्याउने काम गरेको हो भने सेवाग्राहीलाई कर चुक्ता प्रमाणपत्र समेत उपलब्ध गराएको छ । कार्यालयले स्थानीय व्यक्ति ÷समूह र फर्महरुलाई व्यक्तिगत पान, लेखा नम्बर र करदाता शिक्षासमेत दिएको छ । स्थानीय स्तरमा पुगेर आन्तरिक राजस्व कार्यालय बागलुङको टोलीले कर शिविर आयोजना गर्दा स्थानीय उत्साहित भएको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।

कर शिविरमा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका स्थानीय उद्यमी तथा व्यवसायी र अन्य सेवाग्राही प्रत्यक्ष लाभान्विगत भएका छन् । लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष बिष्टका अनुसार उपल्लो मुस्ताङमा भएको पहिलो कर शिविरबाट करिब ३३ वटा च्याङ्ग्रा पालक किसान समूह र करिब ३७ घरधुरी याक÷चौरी पालक किसान करको दायरामा जोडिएका हुन् । व्यक्तिगत रुपमा करिव १५ जना व्यक्तिले स्थायी पान नम्बर प्राप्त गरेको अध्यक्ष बिष्टले बताए ।

कार्यालय मुस्ताङको जोमसोममा पनि कर शिविर ग¥यो । शिविरबाट कर करको दायराबाट छुटेको उद्यमी तथा व्यवसायीलाई करको दायरामा जोडिएको छ ।
आन्तरिक राजस्व कार्यालय बाग्लुङले मुस्ताङका व्यवसायीलाई करको दायरामा जोडिएर सरकारलाई कर बुझाई राष्ट्र निर्माणमा योगदान गर्न समेत अनुरोध गरेको छ । कार्यालयले स्थानीय करदातालाई आय विवरण बुझाउने, नयाँ प्यान दर्ता गर्ने, व्यक्तिगत प्यान दर्ता गर्ने, प्यान नवीकरण र फछ्र्यौेट हुन बाँकी कर चुक्ता गर्ने लगायत सेवा दिएको छ ।

आन्तरिक राजस्व कार्यालय बाग्लुङमा दरबन्दी अनुसारको आवश्यक कर्मचारी नहँुदा कार्यसम्पादनमा समेत समस्या पर्ने गरेको छ । कार्यालयले सेवाग्राहीको कम चाप भएको अवस्थामा कर शिविर गर्ने गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया