युनाइटेड क्लबद्धारा अमरसिंहमा सफाइ

समाधान संवाददाता, पोखरा ।
युनाइटेड क्लबको साताब्यापी कार्यक्रम अन्तर्गत छैठौ दिन अमरसिंह चोक वरपर सरसफाइ गरिएको छ । क्लवको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको साताब्यापी कार्यक्रमको छैठौं दिन सोमबार युनाइटेड क्लबले अमरसिंह चोक वरपरका क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम गरेको युनाइटेड क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।
युनाइटेड क्लबले स्थापना कालदेखिनै वार्षिकोत्सवको अवसरमा वैशाख १ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी साताब्यापी मनाउँदै आइरहेको छ ।
जसअनुरुप ११ औ वार्षिकोत्सवको अवसर पारी यो पटक राधकृष्ण वृद्धाश्रममा खाद्यान्न सामाग्री वितरण, सिद्ध माविमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण, कालिका माविमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध सचेतना कार्यक्रम, शान्ति बालगृहमा खेलकुद सामाग्री वितरण, पोखराको वैदाममा पर्यटकीय क्षेत्र समेटेर होडिङ वोर्ड स्थापना र अमरसिंह चोक वरपर वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको समेत महासचिव थापाले वताए ।
छैठौं दिन आयोजना गरिएको वृहत सरसफाइ कार्यक्रममा ब्रिगेड गोर्खा तालिम सेन्टरमा भर्तीको प्रशिक्षणमा रहेका युवाहरुकोसमेत सहभागिता रहेको कार्यक्रम संयोजक युनाइटेड क्लबका सदस्य शिव थापाले जानकारी दिए । क्लवको वार्षिकोत्सव वैशाख ७ गते लेखनाथको अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ पौडेलको संग्रहालय परिसरमा सम्पन्न हुने आयोजक युनाइटेड क्लवले जनाएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया