‘अविश्वास प्रस्ताव फिर्ता लिनु सबैभन्दा राम्रो उपाय’

समाधान संवाददाता २०७८ वैशाख २२ गते ८:१८

राजीनामा लेखेर खल्ती बोकेर गएको थिएँ । प्रचण्डजीले रोकिदिनुभयो । दाइ यस्तो नगर्नुस् भनेर उहाँले रोक्नुभयो ।

अनिश भट्टराई, पोखरा

निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेश सभामा पेस मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव प्रस्तावकहरुले फिर्ता लिनु सबभन्दा राम्रो उपाय हुने सुझाएका छन् ।

Advertisement

सभामुखले अनिश्चितकाल स्थगित गरेको प्रदेश सभाको अधिवेशन बिचैमा अन्त्य हुनसक्ने संकेत भने आफूले नपाएको उनले बताए ।

पदमुक्त भएको भोलिपल्ट मंगलबार शेरचनले आफ्ना लिखित भनाइ पढेर सुनाइसकेपछि पत्रकारहरुका जिज्ञासाका जवाफ दिएका थिए । विशेष अधिवेशन अन्त्य गरेर अविश्वास प्रस्ताव निस्तेज पार्ने उद्देश्य स्वरुप पदमुक्त गरिएको हो कि भन्ने जिज्ञासामा उनले भने, ‘विशेष अधिवेशन अन्त्य गर्ने भन्ने कुनै संकेत मलाई छैन ।’

Advertisement

अविश्वास प्रस्ताव दर्ता भइरहेको अवस्थामा त्यसको निराकरण हुनुपर्ने पनि उनको भनाइ थियो । ‘कसैले संसदको अधिवेशन अन्त्य गर्ने त्यस्तो स्थितिभन्दा नि त्यसको एउटा निराकरण, टुंगो त हुनुप¥यो । या त प्रस्तावहरुले फिर्ता लिनुप¥यो, सबभन्दा राम्रो उपाय त त्यो हो,’ शेरचनले भने, ‘फिर्ता लिएर त्यसको निकास दिनुप¥यो ।’

सभामुखले प्रदेश सभा अनिश्चितकालका लागि स्थगन गर्दा पनि आफूले संकेत नपाएको शेरचनको भनाइ थियो ।

‘जुनखालको स्थगन गर्नुभयो, त्यसको संकेत मलाई थिएन । संकेत पाएको भए सभामुखलाई सल्लाह दिन्थें, कुनै एउटा डेट किटान गरेर स्थगन गर्नुहोस् भनेर म भन्नेवाला थिएँ । पछि उहाँहरुसँग भेट भएपछि तपाईंहरुलाई मैले यो भन्नेवाला थिएँ पनि भनेँ,’ उनले भने ।

शेरचनले पत्रकारहरुका जिज्ञासमा दिएको जवाफको अंशः

म पदका लागि होइन, परिवर्तनका लागि लागेको हुँ । देश रक्षाका लागि लागेको हुँ । खासगरी हाम्रो देश ३ तिरबाट भारतले घेरेको छ । हाम्रो असंलग्न परराष्ट्र नीति अक्षरश पालना गर्नुपर्छ । आतंकवादी छिरे के के छिरे भनेर भारतबाट नेपाललाई आरोप लाग्छ ।

अघिल्लो संविधान लेख्दाखेरि मैले नेपाल र भारतबीच तारबारको व्यवस्था होस् भनेर लेखेको थिएँ । आज त्यो खट्केको छ । कोरोनाले गर्दाखेरि नि कति आवश्यक रहेछ भन्ने महसुस भएको छ । त्यो जरुरी थियो । त्यो संविधान लेख्न दिएको भए, षडयन्त्रपूर्वक असफल नबनाइएको भए आज देशमा जुन कोरोनाको भयावह बहुत कम हुन्थ्यो ।

चीन र भारत दुवै राष्ट्रका जनतासँग हाम्रो घनिष्ठ सम्बन्ध हुन आवश्यक छ । हामी जनता सबै एउटै अवस्थामा छौं । तर, शासकहरु छैनन् । विशेष गरी भारतीय शासकहरु त्यो रुपमा छैनन् । नेपालको सार्वभौमिकता र अखण्डतामा जहिले पनि अतिक्रमण गर्ने, हाम्रा सिमानाहरु मिच्ने काम गरिरहेका छन् ।

यसका विरुद्ध नै मैले आफ्नो संघर्षहरु बिताएको हुनाले र पटकपटक मेरा हड्डीहरु कतिपय फुटे, मेरो गर्धन टुट्यो । मेरो दाहिने आँखा गुम्यो । यी सबै हुँदा पनि म केवल राष्ट्रियताको पक्षमा हो । राष्ट्रिय अखण्डताको पक्षमा हो । अब पनि मेरो संघर्ष भनेको राष्ट्रियताको पक्षमा र भ्रष्टाचार, कमिसनतन्त्रको विरुद्धमा केन्द्रित हुन्छ ।

म निर्मल लामा प्रतिष्ठानको अध्यक्ष थिएँ । राष्ट्रियताको पक्ष र भ्रष्टाचार, कमिसनतन्त्र विरुद्ध अभियान सुरु गरिसकेको थिएँ । कैयौं ठाउँमा त्यसले वेभ सिर्जना गरिसकेको थियो । पार्टीका बैठकहरुमा पनि मैले आफ्नो प्रस्ताव राख्ने गरेको थिएँ । त्यल्ले गर्दा पनि होला सायद मलाई यो खुला जेलभित्र पठाउन एउटा भूमिका खेलेको ।

मलाई एउटा दुखको कुरा के छ भने प्रचण्डीसँग । प्रचण्डजीलाई मैले योभन्दा अगाडि नै जब संसदको विघटन भयो, त्यसको लगत्तै मैले देशमा ठिक स्थिति आउँदैन, त्यसकारण मैले राजीनामा लेखेको गएको थिएँ । पदबाट राजीनामा दिन तयार भएको थिएँ । लेखेर खल्ती लिएर गएको थिएँ । प्रचण्डजीले रोकिदिनुभयो । हैन नदिऊँ भन्नुभयो ।

पार्टी भर्खर फुटेको, अदालती अवस्था पनि यस्तो स्थिति आइसकेको थिएन । उहाँलाई लाग्या होला, फेरि पार्टी एकता हुन्छ भन्ने । फेरि अप्ठेरो होला, भाँड हुन्छ तपाईंजस्तो सिनियर व्यक्तिले यसो गर्दाखेरि भन्नुभयो । दाइ यस्तो नगर्नुस् भनेर उहाँले रोक्नुभयो र मैले राजीनामा पेस गरिनँ ।

म त्यतिखेरै राजीनामा दिएर बाहिर आउने पक्षमा थिएँ । जनतालाई एउटा अपिल गर्ने पक्षमा थिएँ म ।

अस्ति भर्खरै राष्ट्रपतिकोमा हामी गएका थियौं, ७ जनालाई बोलाउनुभाथ्यो । कुनै प्रदेश प्रमुखले सन्तुष्टि व्यक्त गरेको मलाई थाहा छैन, एकजना २ नम्बर प्रदेशको बाहेक, उनको के हो मलाई थाहा छैन ।

पहिला देउवाकालमा प्रदेश प्रमुखको मर्यादाक्रममा माथि नै थियो, पछि त खत्तम भएछ, ओलीजीको कार्यकालमा बनाइएको खत्तम रहेछ ।

तिमीले यहाँनिर गल्ती ग¥यौं भनेको भए मैले कहाँनिर गल्ती गरें भनेर हेर्थें होला । हाम्रो २ नम्बर प्रदेशको प्रदेश प्रमुख तिलक परियारजीलाई पहिला हटाइयो ।

हटाउने बेलामा के भन्नुभो प्रधानमन्त्रीले भने, ‘त्यस्तो ऐनलाई लालमोहर लगाइदिने ? केन्द्रबाट नभएको निर्णय त्यहाँ बनाएर कर्मचारी भर्ना गर्न पाउने ऐनलाई लालमोहर लगाउने ? त्यत्रो गल्ती गरेपछि कसरी हुन्छ भन्नुस त’ भनेर मलाई जवाफ दिनुभयो ।

मचाहिँ धेरै त्यसमा बहस गर्न चाहिनँ । यहाँ मैले कुनचाहिँ गल्ती ग¥या छु ? र अर्काे कुरा ल यस्तो यस्तो भयो, अब फेर्नुप¥यो भन्या भे म राजीनामा दिन्थें त, राजीनामा पहिल्यै लिएर गएको मान्छे, प्रचण्डजीलाई गएर सोध्नोस् तपाईंहरु (पत्रकारहरुलाई आग्रह गर्दै) । प्लिज यो लेख्नुहोला । मेरो विन्ती छ ।

म त बस्न नचाहेको मान्छु हुँ । राजनीतिक कारणले हो भने मैले यहाँ राजनीतिक रुपमा कुनै पक्षपात गरेको प्रमाण हुनुप¥यो । तत्कालीन एमालेको विपक्षमा, तत्कालीन माआवादी र कांग्रेसको पक्षमा काम गरेको छु भने देखाउनुस् ।

सरकारले जे दियो, संविधान हेरें, संविधानले जे उल्लेख गरेको छ, मैले त्यही रुपले सदर गरिदिएँ ।

सांसदहरुले जे दिनुभयो, त्यही गरेंँ । यो राजनीतिक प्रतिशोधभन्दा पनि राजनीतिक दिशा नै एकदम निरंशुकतातिर गइरहेको मलाई अनुभूति भाछ । निरंकुशताको पराकाष्ठाको सूचक हो भन्ने मलाई लाग्या छ ।

चलिरहेको अधिवेशन अन्त्य गर्दा पनि मैले सभामुखसँग, कसैसँग सल्लाह लिइनँ । सोध्नुपथ्र्याे । मुख्यमन्त्रीले नै सल्लाह नलिएपछि मैले किन लिने ? नलिएर मैले अन्त्य गरेँ ।

उहाँहरुले लेखेर दिएपछि मैले अक्षरश पालना गर्नुप¥यो । मैले फर्काउन सक्थेँ, तर संवैधानिक रुपमा बाँधिएको थिएँ । र, यो विशेष अधिवेशनको आह्वान भयो । अघिल्लोपटक पनि आह्वान भयो, अहिले पनि आह्वान भयो । दुईपटक आह्वान भयो ।

योपटक पनि मैले कसैलाई सोधिनँ । विशेष अधिवेशन १५ दिनभित्र आह्वान गर्ने भन्ने छ, यो विपक्षीलाई कति दिन दिने भन्ने हुँदैन, बरु के हुन्छ भने प्रदेश सभालाई कति दिन दिने ?

उनीहरुले तयारी गर्नुपर्ने हुन्छ । थोरै समय दिएँ भने उनीहरुले तयारी गर्न सक्दैनन्, धेरै समय दिएँ भने त्यो संविधानको मर्म विपरीत हुन्छ । १५ दिनको परम्परा छ, त्यही अनुसार हुने हो ।

संवैधानिक तरिकाले नै सहज तरिकाले जाने र गइराखेको हो त्यो (प्रदेश सभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव) । संवैधानिक तरिकाले त्यसलाई प्रक्रियाबाटै टुंगो लगाइ दिए त कुरै सिद्धिन्छ । त्यसलाई इस्सु बनाएर मेरो भूमिका के हो भनेर जोड्नुचाहिँ त्यति सान्दर्भिक म देख्दिनँ ।

अघिल्लोपटक पनि मैले भूमिका खेलेँ र त्यसलाई (संकल्प प्रस्ताव) मेलमिलाप गएर टुंग्याउनुभयो । सर्वदलीय बैठक बोलाएको थिएँ अघिल्लोचोटि । यसपालि पनि बोलाउनेवाला थिएँ ।

भोलिपर्सिपल्ट त यस्तो भइहाल्यो । स्थिरताले मात्रै विकास सम्भव हुन्छ भन्ने कुरा मैले सधैं राख्दै आएको थिएँ । तिनै कुराहरु उहाँहरुको बीचमा राख्छु र कसरी हुन्छ मेलमिलापमा जाओस् । तर मैले त्यो भूमिका खेल्नै पाइनँ ।

तपाईको प्रतिक्रिया