राष्ट्रपतिद्वारा बहुमतकाे सरकार गठन गर्न आव्हान, ३ दिनकाे समय

समाधान संवाददाता २०७८ वैशाख २८ गते ६:३०

समाधान संवाददाता, काठमाण्डाैं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ काे उपधारा २ बमाेजिम बहुमतकाे सरकार गठनका लागि दलहरुलाई आब्हान गरेकी छन् ।

गठबन्धनबाट बहुमत प्राप्त गरेर प्रधानमन्त्री बनेका नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासकाे मत गुमाएपछि राष्ट्रपति भण्डारीले बहुमत सदस्यसहित सरकार गठन गर्ने दावी गर्न दलहरुलाई आव्हान गरेकी हुन् । यसका लागि ३ दिनकाे समय दिइएकाे छ ।

Advertisement

राष्ट्रपति कार्यालयद्वारा सोमबार राति जारी विज्ञप्तिमा भनिएकाे छ ‘संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी’ पेस गर्न आह्वान गरिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया