सीपीएल टोलीमा सन्दीप अनुबन्धित
समाधान संवाददाता
२०७८ जेठ ११ गते १३:२१

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपले ट्रीनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने भएका हुन् ।
सीपीएलले मंगलबार सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने जनाएको छ ।
सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् ।
सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए ।
त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।
२०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।
सम्बन्धित
३
तपाईको प्रतिक्रिया