च्याम्पियन्स लिग चेल्सीलाई
समाधान संवाददाता
२०७८ जेठ १६ गते ७:१९

काठमाडौँ । चरिपरिचित प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब सिटीलाई १(० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।
पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।
खेलको ४३औँ मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया