मुस्ताङको सेकुङ तालमा डुबेर २३ वर्षीय युवाको मृत्यु

समाधान संवाददाता २०७८ जेठ २६ गते २०:०४

एसके थकाली \जोमसोम—

समुन्द्री सतह देखि करिव २७ सय मिटरको अग्लो उचाईमा अवस्थित हिमाली जिल्ला मुस्ताङको सेकुङ तालमा पौडी खेल्ने क्रममा मंगलबार तालमा डुबेर एक युवाको मंगलबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनसार अन्नपूर्ण गाउँपालिका—१ दोवा बस्ने वर्ष २३ का रमेश पुनको मुस्ताङको थासाङ गाउपालिका—२ सेकुङ तालमा पौडी खेल्ने क्रममा मंगलबार अन्दाजी साँझ ४ बजे डुबेर मृत्यु भएको हो ।

गर्मीयामको मौसममा म्याग्दीबाट भेडी गोठ सार्दै भेडा चराउदै मुस्ताङको थासाङ लेंक आईपुगेका ति युवा मंगलबार सेकुङ तालमा पौडी खेल्न पुगेको प्रहरीले जनाएको छ । सामान्य स्तरको गहिराई रहेको एकान्तमय धौलागिरि बेस क्याम्पको काखमा अवस्थित सेकुङ तालमा डुबेर युवाको मृत्यु भएको हो ।

Advertisement

घटनाको भोलीपल्ट बुधबार स्थानीयले तालमा डुबेको देखेपछि प्रहरीलाई खबर गरिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले युवाको शव तालबाट झिकेर जिल्ला अस्पताल जोमसोममा पोस्टमार्टमका लागि ल्याईएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जिप्रका मुस्ताङले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया