पोखरामा ट्रमा सेन्टर बनाइने, यौनहिंसामा परेकालाई निशुल्क शिक्षा

समाधान संवाददाता २०७८ जेठ ३१ गते १६:०५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार व्यवस्था गरिने भएको छ । आगामि आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीता कुमारी पौडेलले मध्यविन्दू अस्पताल र लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको बताइन् । महिलाको स्तन, पाठेघर क्यान्सर तथा आङखस्ने समस्या भएकाहरुको तथ्यांक संकलन गरि निशुल्क उपचारको व्यवस्था गरिने जनाइएको छ ।

पोखरामा ट्रमा सेन्टर स्थापना गरिने प्रदेश प्रमुख पौडेलले बताइन् । यौन हिंसामा परेकालाई व्यावसायीक शिक्षा र उच्च शिक्षा निशुल्क दिइने नीति सरकारको छ ।

Advertisement

कोभिड खोपको व्यवस्थापनका लागि प्रदेशले केन्द्रसँग समन्वय गर्ने नीति गण्डकी प्रदेश सरकारले लिएको छ । । कोभिड संक्रमितको उपचारका लागि औषधी व्यवस्था गरिने, अभिभावक गुमाएका बालबालिकाका लागि उचित व्यवस्थापन गरिने कार्यक्रम लिएको छ । आफन्त गुमाएकाहरुलाई आर्थिक राहत दिइने जनाइएको छ । व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिइने बताइन् ।

संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार केन्द्र र सेन्टर अफ अक्सिजनको रुपमा विकास गरिने जनाइएको छ । यस्तै नवजात शिशु र गर्भवती महिलाको उद्दारका लागि एअर लिफ्टिङ सेवालाई निरन्तरता दिने कार्यक्रम प्रदेश सरकारको छ । पूर्ण खोप प्रदेश कार्यक्रमले निरन्तरता पाउने भएको छ ।

Advertisement

५० शैय्याका सबै अस्पतालमा आँखाको उपचार र जेष्ठ नागरिकको उपचार वार्ड सञ्चालन गरिने जनाइएको छ । डायलाइसिस सेवा गुणस्तरीय बनाउने नीति प्रदेश सरकारको छ । स्वास्थ्य बीमा, सरकारको जिम्मा कार्यक्रम अन्तर्गत बीमा गर्न छुटेकालार्य समावेश गरिने सरकारको नीति छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल गरिने प्रदेश प्रमुख पौडेलले बताइन् ।

प्रदेश शिक्षा नीति बनाइने र गण्डकी विश्वविद्यालयको भवन निर्माणलाई निरन्तरता दिइने जनाइएको छ । माध्यमिक तह परिक्षा सञ्चालन योजना, शैक्षिक योजना बनाउने, मातृभाषाको पाठ्यक्रम विकास गर्न स्थानीय तहसँग समन्वय गरिने पौडेलले बताइन् ।

सामुदायिक क्याम्पसहरुमा प्राविधिक विषय पढाइने नीति सरकारको छ । माध्यमिक विद्यालयमा विज्ञानको गुणस्तर वृद्धिका लागि पूर्वाधार बनाइने जनाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा आवासीय विद्यालय बनाउने नीति लिइने पौडेलले बताइन् ।

तपाईको प्रतिक्रिया