ब्राजिलकाे प्रभावशाली जित, क्वाटरफाइनलमा प्रवेश

समाधान संवाददाता २०७८ असार ४ गते ८:१०

एजेन्सी ।

डिफेन्डिङ च्याम्पियन ब्राजिलले यस पटककाे काेपाअमेरिका फुटबल प्रतियाेगितमा पनि उपाधीकाे सर्बाधिक बलियाे दावेदार रहेकाे प्रमाणित गरेकाे छ र क्वाटरफाइनलकाे स्थान सुरक्षित गरेकाे छ ।

समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हाे ।

Advertisement

अघिल्लो संस्करणमा फाइनलिस्ट टोलीबीच आज विहान भएकाे प्रतिस्पर्धामा घरेलु टोली ब्राजिलले एकपक्षीय खेल प्रदर्शन गरेको थियो । खेलको १२ औं मिनेटमै गाव्रियल जेससको पासमा एलेक्स सान्द्रोले ब्राजिललाई अग्रता दिलाएका थिए ।

बाँकी तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८ औं मिनेटमा नेइमारले बक्स बाहिरबाट आकर्षक गोल गरी अग्रता दोब्बर पारेका थिए । उनलाई फ्रेडले बल उपलब्ध गराएका थिए ।

Advertisement

८९ औं मिनेटमा एभर्टन रिबेरोले गोल गरी ३–० को अग्रता दिलाउँदा अप्रत्यक्ष रुपमा नेइमारको संग्लग्नता रह्यो । नेइमारले निकालिदिएको चलाखीपूर्ण पासमार्फत रिचर्डलिसनले गोल असिस्ट गरेका थिए ।

त्यसको तीन मिनेटपछि उनै रिचर्डलिसनले गोल गरी ४–० को जित निश्चित गरे । यसअघि उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को विजय पाएको थियो ।

तपाईको प्रतिक्रिया