कस्तो रहन्छ आजको मौसम ?

सञ्जय रानाभाट २०७८ असार २६ गते ८:०६

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारीर धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता विभागले अनुरोध गरेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनर चट्याङ्गसहित भारीर धेरै भारी वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरूको पहाडी भू(भागमा भु(क्षय, पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध० को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका का केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया