टुरिजम सिटीले बिरुवा रोप्यो

समाधान संवाददाता २०७८ साउन १० गते १३:००

पोखरा, ९ साउन (समाधान)–लायन्स क्लब अफ पोखरा टुुरिजम सिटीको आयोजनामा वृक्षरोपण लगायतका कार्यक्रम भएका छन् । स्याङ्जाको खड्केटारी स्थित काला भैरव मावि प्रांगणमा शनिवार आयोजित कार्यक्रममा वृक्षरोपण, स्टेसनरी र औषधी वितरण गरिएको हो ।


एभोगाडो, लिची, सुन्तला, कागती, बर्रो, जापनिज कटुस, धूपी लगायतका १ सयभन्दा बढी विरुवा स्थानिय कृषक समूहलाई क्लबका अध्यक्ष एकराज गिरीले हस्तान्तरण गरे । कालाभैरब माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि लत्ता कपडा तथा स्टेसनरी क्लबले प्रदान गरेको छ ।


यस्तै, स्थानीय परिवर्तन युवा क्लबका लागि खेलकुद सामा्री तथा वातावरण आमा समूहलाई औषधी वितरण गरिएको कार्यक्रमका संयोजक अर्जुन केसीले जानकारी दिए । लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष सूर्यप्रसाद बरालले लायन्सले संख्यात्मक कार्यक्रमभन्दा गुणस्तरीय कार्यक्रम गर्नुपर्नेमा जोड दिए । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका एडभाइजर सुदीप पौडेलले आवश्यकता अनुसारको सेवामा तल्लीन भएमात्रै असली समाजसेवा हुने बताए ।

Advertisement


लायन्स पोखरा टुरिजम सिटीका अध्यक्ष एकराज गिरीले सामाजिक काम सामूहिक रुपमा गर्न सकेमात्रै त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए ।कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका जोन चियरपर्सन निरज पन्त, डिस्ट्रिक चियरपर्सन विष्णुबाबु खड्का, कालाभैरव विद्यालय व्यवस्थापन समिति अध्यक्ष ताराबहादुर खत्री, परिवर्तन युवा क्लबका अध्यक्ष डेलनारायन शर्मा, समाजसेवी जीतजंग कार्की, घनश्याम गौतम, अर्जुन केसी, सचिव सञ्जय मल्लले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया