पोखरामा मोटरगाडी राइड सेयरिङ

समाधान संवाददाता २०७८ साउन १५ गते १६:४३


समाधान संवाददाता, पोखरा


राइड सेयरिङ सेवा ‘मोटरगाडी’ले पोखरामा सेवा थालेको छ । भिगोर इन्कर्पोरेसन दृारा सञ्चालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो । अनलाइन मार्फत सवारी बुक गर्न सकिन्छ । पोखरास्थित रामबजार, घलेचोकमा कार्यालय स्थापना गरी युवा व्यवसायी निकेश श्रेष्ठ र आशीष गुरुङले मोटरगाडीको सेवा पोखरामा थालनी गरेका हुन् । उनीहरुले सम्झौता गरी सेवा थालेको भिगोर इन्कर्पोरेसनका प्रमुख अजय गच्छदारले बताएका छन् ।

बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो सेवा अत्यन्तै जरुरी रहेको देखेर सेवा थालको निकेश श्रेष्ठ र आशीष गुरुङले बताएका छन् । ‘यात्रु तथा चालकको सुरक्षाका लागि इन्सुरेन्सको समेत व्यवस्था मोटरगाडीले गरेको छ,’ उनले भने । जनरल इन्सुरेन्स कम्पनीसँग यात्रुका लागि ७ लाख र चालकका लागि ७ लाख रुपैयाँसम्मको बिमा सम्झौता गरिएको जनाइएको छ ।

Advertisement

मोटरगाडीले सुरुमा २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर १९ रुपैयाँ भाडादर निर्धारण गरेको छ । डिजिटल भुक्तानीका लागि भने मोटरगाडीले ग्लोबल आइमी बैंकसँग साझेदारी गरेको छ । भाडा भुक्तानी सजिलो बनाउन मोटरगाडीले क्युआर स्क्यान सेवासमेत प्रयोगमा ल्याएको छ । चालकहरुको खाता बैंकले निशुल्क खोलिदिने सम्झौता छ । उनीहरुले प्राप्त गरेको पारिश्रमिक सोही खातामा जम्मा हुने जनाइएको छ ।

एन्ड्रोइड प्रयोगकर्ताहरुले मात्र यो सेवा लिन सक्ने भए पनि, आइओसको काम तिब्र रुपमा आघि बढेको आइटी अफिसर भीमार्जुन चौधरीले बताएका छन् । मोटरगाडी, राइड सेयरिङ सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो । विश्वभरिका राइड सेयरिङ कम्पनी जस्तै मोटरगाडीले अल्गोरिदमको प्रयोग गरी यात्रुहरुलाई एउटै गन्तव्यतर्फ जाने नजिकैको चालकहरुसँग सम्पर्कमा ल्याउँछ । हाल मोटरगाडीले मोबाइल एपद्वारा मोटरसाइकल, अटो तथा कार मार्फत सवारी सेवा प्रदान गर्छ । महिला यात्रुले महिला चलाक नै छान्न पनि मिल्ने, आफ्नो लोकेसन ट्र्याक गर्न मिल्ने लगायत सुविधा मोटरगाडीमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया