६ हजार बोट गाँजा नष्ट

समाधान संवाददाता २०७८ साउन २२ गते १४:१२
साङकेतिक तस्बिर

जोमसोम (समाधान)–मुस्ताङमा प्रहरीले जताततै पलाएका गाँजाको बोट नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र प्रहरी चौकी कोवाङको सक्रियतामा गाँजा नष्ट गरिएको हो ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेल र प्रहरी चौकी कोवाङका सहायक प्रहरी निरीक्षक नेत्र जिटी नेतृत्वको टोलीले बिहीबार थासाङ गाउँपालिका २ कोवाङ, खन्ती लगायतका क्षेत्रको खेतबारी र खाली जग्गामा पलाएका ६ हजार बोट गाँजा नष्ट गरेको हो ।


कानुनले गाँजालाई लागुपदार्थको रुपमा सूचिकृत गरी निषेध गरेको छ । गाँजा र चरेसका कारण समाजमा विभिन्न किसिमका आपराधिक क्रियाकलाप हुन सक्ने भएकाले प्रहरीले गाँजाको बोट नष्ट गरेको हो । प्रहरीले शुक्रबार थासाङ ३ लेतेमा प्राकृतिक रुपले पलाएका गाँजाको बोट फाँडेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया