भदौ २९ मा प्रदेश सभा बैठक

समाधान संवाददाता २०७८ भदौ १७ गते १३:३८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाको बैठक २९ भदौका लागि डाकिएको छ । ३० असारमा बजेट पारित गरिएपछि सभामुख नेत्रनाथ अधिकारीले सभा स्थगित भएको घोषणा गरेका थिए । मार्सल लगाएर बजेट पारित गराइएपछि एमालेले चर्को विरोध गरेको थियो ।

Advertisement

बहुवर्षे योजनाहरु काटिएको, ठेक्कामा गएका योजनालाई बजेट नदिएको जस्ता विषय लिएर एमालेले सरकारको विरोध गरेको थियो । एमालेले आफूहरुको माग पूरा नभए सदन अवरोध गरिरहने जनाएपछि सदन सुचारु हुन सकेको थिएन ।

सरकारले स्रोत सुनिश्चित नभएका बहुवर्षे योजनाहरुका लागि स्रोत सुनिीिश्चत गरेर काम अघि बढाउने निर्णय पछि बैठक मिति तय भएको हो । प्रदेश सभामा आम सञ्चार विधेयक, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, बालबालिकाको अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया