अधिकारी कार्यकारी निर्देशक नियुक्त

समाधान संवाददाता २०७८ भदौ १८ गते १३:१७

पोखरा- पूर्व बैंकर तथा प्राध्यापक विश्वमोहन अधिकारी युवा तथा साना व्यवसायी कोषको कार्यकारी निर्देशक नियुक्त भएका छन् । ग्रिन डेभलपमेन्ट बैंकमा सञ्चालकसमेत रहेका अधिकारीलाई नेपाल सरकारको मन्त्रिपरिषदले १८ गते कोषमा नियुक्त गरेको हो ।


खुला प्रतिस्पर्धामा आधारमा कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारले सूचना आह्वान गरेको थियो । १३ जनाको आवेदन परेकोमा पोखराका अधिकारी सर्वाेत्कृष्ट हुन सफल भएका हुन् । अधिकारीको कार्यकाल ४ वर्षको हुनेछ ।

अधिकारीले २५ वर्ष बैंकर र २१ वर्ष प्राध्यापनको अनुभव संगालेका छन् ।
कोषमा यसअघि नेपाल सरकारकै सचिवले जिम्मेवारी सम्हाल्दै आएका थिए । तर कोषलाई चुस्त र घाटामा नजाने गरी चलाउन सरकारले योग्यतम् व्यक्तिलाई जिम्मेवारी दिन खुला प्रतिस्पर्धाको आधार सुरु गरेको थियो । युवाहरुलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई उद्यमशील र स्वरोजगार बनाउने कोषको उद्देश्य हो । कोषमा हाल ९ अर्ब रुपैयाँ छ ।

Advertisement

राष्ट्र बैंक र बैंकहरुले कोषलाई रकम उपलब्ध गराउँदै आएका छन् । सोही रकमलाई ५ प्रतिशत ब्याजदरमा कोषले युवालाई लगानी गर्छ । युवाहरु वैदेशिक रोजगारमा आकर्षित भएको हुँदा स्वदेशमै रोकी उद्यमशील र स्वरोजगार बनाउन सरकारले २०६३ सालमा यो कोष स्थापना गरेको हो । अधिकारीले आफ्नो बैंकिङको र उद्यमशीलता प्राध्यापन गरेको अनुभवलाई कोष र युवाको हितमा प्रयोग गर्ने बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया