भिमादका किसानलाई कृषि सामग्री

समाधान संवाददाता २०७८ भदौ १८ गते १३:२२

पोखरा–तनहुँको भिमादनगरपालिकाले कृषकलाई कृषि सामग्रीवितरण गरेको छ। नगरपालिकाले कृषिमाप्रविधि र यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न किसानलाई सहयोग गरेको हो ।


नरपालिकाले ९ वटै वडाका किसानलाई ५० प्रतिशतअनुदानमा कृषि सामग्री दिएको छ ।किसानलाई खेत जोत्ने हाते ट्याक्टर, मिनी टेलर, धानकाट्नेमेसिन, थ्रेसर, घाँस काट्ने च्यापकटर, कम्बाइन मिल, ब्रस कँटर लगायतका यन्त्र प्रदान गरिएकोनगर प्रमुखमेखबहादुर थापाले बताए ।थापाले कृषिनै समृद्धिको पहिलो आधार रहेको जनाए ।


नगर उपप्रमुखशारदा खनालले कृषिको आधुनिकीकरणका लागियान्त्रिकीकरण अपरिहार्य रहेको जनाइन् । नगरपालिकाले कृषकलाई नगदअनुदानका साथै खेत जोत्ने, धान रोप्ने, झार गोड्ने, प्लास्टिक पोखरी, थोपा सिँचाइ, मल्चिङ प्लास्टिक, विकएग्रोनेट, कीरा नियन्त्रण गर्ने प्रविधि लगायतका कृषि सामग्रीउपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत थमनसिहं थापाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया